पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमा सरकारी पक्षको बहस सकिएको छ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा सुनुवाइ भइरहेको छ। सोमबार सुनुवाइको सुरुवातमा सरकारको तर्फबाट कानुन व्यवसायीले बहस गरेका छन्।
सरकारी पक्षको बहस सकिएको छ। अब ओली र लेखकको पक्षबाट कानुन व्यवसायीले जवाफ बहस गर्दै छन्। जवाफी बहस सकिएपछि आजै आदेश आउने सम्भावना रहेको छ।
पहिलो दिन आइतबार ओली र लेखकका तर्फबाट कानुन व्यवसायीले बहस गरेका थिए भने आज महान्यायाधिवक्ताको कार्यालयका तर्फबाट बहस भएको हो।
जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा चैत १४ गते बिहान पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पक्राउ गरिएको थियो। उनीहरूलाई गैरकानुनी हिरासतमा राखेको भन्दै ओली पन्ती राधिका शाक्य र लेखक पन्ती यशोदा लेखकले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरको थिए।
त्यसमा सुनुवाइ गर्दै सर्वोच्चले सरकारका नाममा कारण देखाउ आदेश दिएको थियो। सरकारले जवाफ बुझाएपछि आइतबारदेखि सुनुवाइ थालिएको हो।
Shares

प्रतिक्रिया