कारोबार


टिकटक बन्यो फिफाको पहिलो रुचाइएको प्लेटफर्म

टिकटक बन्यो फिफाको पहिलो रुचाइएको प्लेटफर्म

नेपालखबर
माघ १, २०८२ बिहिबार १२:१४, काठमाडौँ

टिकटकले फिफासँग एक सम्झौतामार्फत विश्वव्यापी साझेदारी गरेको छ, जसअनुरुप टिकटक फिफाको आजसम्मकै प्रथम रुचाइएको प्लेटफर्म बन्नेछ।

यस साझेदारीमार्फत फिफा विश्वकप २०२६ को आधिकारिक कभरेज विस्तार हुनेछ भने बिहाइन्ड-द-सिन एक्सेस र इन्टरएक्टिभ फ्यान अनुभवहरू उपलब्ध हुनेछन्।

सन् २०२६ को अन्त्यसम्म कायम रहने यो साझेदारीले फुटबलको सबैभन्दा ठूलो प्रतियोगितालाई डिजिटल माध्यमबाट अनुभव गर्ने नयाँ चरणको सुरुवात गरेको छ। यसमा टिकटकले लाइभ खेल प्रसारणका अलावा समर्थक र कन्टेन्ट क्रिएटरहरूलाई प्रतियोगितासँग जोड्ने केन्द्रीय भूमिका निभाउनेछ।

यस सहकार्यले टिकटकलाई मौलिक सामग्रीको वृद्धिसँगै फिफा विश्वकप २०२६ को अझ व्यापक कभरेज प्रदान गर्न सक्षम बनाउनेछ। प्रतियोगिताभर टिकटकले समर्थक र क्रिएटरहरूका लागि मुख्य प्लेटफर्मका रूपमा स्थापित हुँदै इन्टरएक्टिभ र समुदायमा आधारित फुटबल अनुभव प्रदान गर्नेछ।

यो साझेदारी फिफा महिला विश्वकप २०२३ का क्रममा टिकटक र फिफाबीच भएको सफल सहकार्यको निरन्तरता हो, जसले विश्वभर दशौँ अर्ब भ्युज प्राप्त गर्दै खेल सामग्री उपभोगमा डिजिटल प्लेटफर्महरूको बढ्दो भूमिकालाई स्पष्ट पारेको थियो।

रुचाइएको प्लेटफर्म साझेदारीको मुख्य आधार टिकटकको इमर्शिभ फिफा विश्वकप २०२६ हब हुनेछ। टिकटक गेमप्लानद्वारा सञ्चालित यो हबमार्फत समर्थकहरूले ४८ टिम सहभागी हुने प्रतियोगितालाई जीवन्त बनाउने रोचक सामग्री, खेल टिकट तथा प्रसारणसम्बन्धी जानकारी, साथै कस्टम स्टिकर, फिल्टर र गेमिफिकेसनजस्ता सहभागितामूलक सुविधाहरू प्राप्त गर्नेछन्।

फिफाका महासचिव माटियास ग्राफस्ट्रोमले भने, “फिफाको लक्ष्य फिफा विश्वकप २०२६ को उत्साहलाई सम्भव भएसम्म धेरै समर्थकहरूसम्म लैजानु हो। प्रतियोगिताको प्रथम रुचाइएको प्लेटफर्मका रूपमा टिकटकलाई चयन गर्नु यो लक्ष्यलाई अघि बढाउने सबैभन्दा उपयुक्त माध्यम हो। यस सहकार्यले विश्वभरका अझ धेरै समर्थकहरूलाई फिफा विश्वकपसँग अभूतपूर्व रूपमा जोड्नेछ।”

टिकटकका ग्लोबल हेड अफ कन्टेन्ट जेम्स स्टाफोर्डले भने, “पछिल्ला केही वर्षमा टिकटकमा फुटबलको विश्वव्यापी लोकप्रियता तीव्र रूपमा बढेको छ। फिफाको प्रथम रुचाइएको प्लेटफर्म बनेकोमा हामी उत्साहित छौँ, जहाँ समर्थकहरूले ९० मिनेटको खेलका अलावा पनि विशेष कन्टेन्ट र अभूतपूर्व क्रिएटर पहुँचमार्फत फिफा विश्वकप २०२६ को अनुभव लिन सक्नेछन्। टिकटक गेमप्लानले खेलप्रतिको उत्साहलाई हाम्रो खेल साझेदारहरूका लागि फलदायी व्यावसायिक परिणाममा रूपान्तरण गर्छ।”

पहिलो पटक टिकटक र फिफाले व्यवस्थित विश्वव्यापी क्रिएटर कार्यक्रम पनि सुरु गर्ने छन्। यस अन्तर्गत छनोट भएका क्रिएटरहरूले प्रेस कन्फरेन्स र ट्रेनिंग सेसन जस्ता बिहाइन्ड-द-सीन मोमेन्टहरूमा पहुँच पाउनेछन्। साथै, ठूलो सङ्ख्याका क्रिएटरहरूले फिफाका ऐतिहासिक फुटेज प्रयोग गर्न तथा को-क्रियट गर्ने अवसर पाउनेछन्, जसबाट समर्थकहरूले विश्वकप अनुभवलाई नयाँ र फरक दृष्टिकोणबाट हेर्न सक्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad