कारोबार


सामसङले ल्यायो ग्यालेक्सी बड्स३ एफई, मूल्य कति?

सामसङले ल्यायो ग्यालेक्सी बड्स३ एफई, मूल्य कति?

नेपालखबर
कात्तिक २४, २०८२ सोमबार १३:३७, काठमाडौँ

सामसङ नेपालले ग्यालेक्सी बड्स३ एफई नेपाली बजारमा ल्याएको छ।

नवीनतम ग्यालेक्सी एआई एकीकरण र आइकोनिक ब्लेड डिजाइनमा बड्स३ एफई नेपाली बजारमा उपलब्ध भएको हो।

कम्पनीका अनुसार सामसुङ स्टोरमा १९ हजार ९९९ रुपैयाँमा बड्स३ एफई किन्न सकिनेछ।

ग्यालेक्सी बड्स३ एफईलाई उत्कृष्ट मूल्यमा शक्तिशाली ध्वनि र परिष्कृत सुविधाहरू प्रदान गर्न इन्जिनियर गरिएको छ।

यसमा ठूलो स्पिकर, उन्नत एक्टिभ न्वाइज क्यान्सिलिङ (एएनसी) र क्रिस्टल क्लियर कल टेक्नोलोजी रहेको छ। यी इयरबडहरूले गहिरो ध्वनि र स्पष्ट संचार सुनिश्चित गर्ने कम्पनीको दाबी छ।

ग्यालेक्सी इकोसिस्टमसँग सहज रूपमा एकीकृत हुन डिजाइन गरिएका बड्स३ एफईले अटो स्विच समर्थन गर्छ। एप–रहित नियन्त्रण र तीव्र कनेक्टिभिटीका कारण संगीत सुन्ने, कल गर्ने सुविधा यसमा दिइएको छ। 

सामसङ नेपालका एमएक्स डिभिजनका डाइरेक्टर प्रणय रत्न स्थापितले ग्यालेक्सी बड्स३ एफईमार्फत ग्यालेक्सी एआई र स्मार्ट अडियोको शक्ति अझ बढी प्रयोगकर्तासम्म पुर्‍याइरहेको बताए। 

ग्यालेक्सी बड्स३ एफई अहिले देशभरका अधिकृत सामसङ खुद्रा स्टोरहरूमा उपलब्ध छन्। साथै, हुलास फिनसर्भ हायर पर्चेस लिमिटेडद्वारा सञ्चालित सामसङ इन्स्टा फाइनान्स सेवामार्फत ग्राहकहरूले ० प्रतिशत ब्याजदरमा सजिलो ईएमआई विकल्पसहित नयाँ उपकरणहरू प्राप्त गर्न सक्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad