कारोबार


दराजद्वारा १०.१० तिहार महोत्सवको घोषणा

आकर्षक अफर पाइने मेलामा अक्टोबर ९ को राति ८ बजेबाटै सेलको सुरुवात
दराजद्वारा १०.१० तिहार महोत्सवको घोषणा

नेपालखबर
असोज २३, २०८२ बिहिबार १७:२, काठमाडौँ

अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले बहुप्रतीक्षित १०.१० तिहार महोत्सवको आयोजना गर्ने घोषणा गरेको छ। 

पहिलोपटक यो सेल अक्टोबर ९ (असोज २३) को राति ८ बजेबाटै लाइभ हुने जानकारी दिइएको छ।

यसले उपभोक्तालाई आफ्ना दैनिक काम सकिएलगत्तैको समयमा उपलब्ध गरिएका विशेष अफरहरूको लाभ उठाउने सुवर्ण अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ। 

आकर्षक अफरहरूमार्फत अत्यधिक बचत गर्न सघाउने र चाडपर्वको अवसरमा अझ रोमाञ्चक अनुभव प्रदान गर्ने सोचका साथ घोषित यो महोत्सव अक्टोबर १६ (असोज ३०) सम्म चल्ने जानकारी दिइएको छ। 

दराजले यस वर्षको तिहारलाई थप अर्थपूर्ण तथा रोमाञ्चक बनाउने सोचका साथ महोत्सव मार्फत ७०% सम्मको छुट, निःशुल्क होम डेलिभरी, र १ लाखभन्दा बढीको खरिदमा १० हजार रुपैयाँसम्मका फ्ल्याट भौचरहरू पनि उपलब्ध गराउने तयारी गरेको छ। 

तिहारको तयारीमा व्यस्त हुने यस समयमा उपभोक्ताहरूले महोत्सव अवधिभर उपलब्ध हुने दैनिक फ्ल्याश सेल, विशेष अफरहरू, र आकर्षत मूल्य मार्फत हरेक दिन नयाँ सौगात प्राप्त गर्न सक्नेछन्। 

महोत्सव अवधिभर १०.१० लाई थप रोमाञ्चक बनाउने उद्देश्यका साथ यस वर्षको प्ल्याटिनम पार्टर ब्रान्डहरू सिताफिल र रोह्टोले ४० प्रतिशतसम्म छुट प्रदान गर्दै छन् भने गोल्ड पार्टनरहरू एईबीबी, ब्राण्डहाउस र मारिकोले ६० प्रतिशतसम्मको उत्सवमय बचत उपलब्ध गराउने बताइएको छ।

यसै क्रममा, दराजले आफ्को विशेष ब्रान्ड गन्तव्य, दराजमलमार्फत उपभोक्तालाई १०० प्रतिशत असली उत्पादनको आश्वासन प्रदान गर्नेछ। यसमा उपलब्ध गरिएका कुनै उत्पादन नक्कली भएको प्रमाणित भएमा कम्पनीले त्यसको तीन गुणा क्याश ब्याक ग्यारेन्टि दिने व्यवस्था गरेको छ। दराजमल मार्फत ग्राहकहरूले सिताफिल, सियाओमी, अल्टिमा लाइफस्टाइल, मसलब्लेज लगायतका अग्रणी ब्रान्डहरूका उत्पादनहरूमा विशेष छुटसहित निश्चिन्तताको प्रत्याभुती पाउनेछन्।

तिहारलाई नयाँ लुगा, नयाँ शैली र नयाँ सुरुवातको उत्कृष्ट अवसरका रूपमा पनि लिइन्छ। यसै कुरालाई विशेष दृष्टिगत गर्दै दराजले यस तिहारमा फेशनलाई अझ ब्यापक बनाउँदै बोस्सिनी, किलोमिटर, लोट्टो, भ्यान्स, कन्भर्स, एर्के र नाइक जस्ता अग्रणी फेसन ब्रान्डहरूमा ५०% वा सोभन्दा बढी छुट उपलब्ध गराउने ब्यवस्था मिलाएको छ।  

उपभोक्ताहरु माझ विशेष लोकप्रिय निःशुल्क डेलिभरी सुविधालाई पनि दराजले निरन्तरता दिनेछ। चुनिएका उत्पादनहरुमा न्यूनतम रु. ४९९को खरिद गर्दा उपभोक्ताहरुले निःशुल्क होम डेलिभरी सुविधा प्राप्त गर्न सक्नुहुनेछ। यस सुविधाको लाभ उठाउनका लागि भने ग्राहकहरूले दराज एपको होमपेजमा रहेको “फ्रि डेलिभरी” ब्यानरमा क्लिक गरी सम्बन्धित भौचर संकलन गर्नुपर्ने हुन्छ। 

अत्यधिक छुट, दैनिक फ्ल्याश सेल, बैंक अफर र सीमित समयका मेगा डिलहरू प्रदान गर्दै तिहार महोत्सव मार्फत आफ्ना उपभोक्तालाई यस वर्षकै सर्वाधिक फाइदाजनक अनलाइन किनमेल अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad