संरक्षित वन्यजन्तु सालकको खपटा तथा छाला बिक्री गर्न हिँडेका दुई जना काठमाडौंको तारकेश्वर नगरपालिका–८ शिवमन्दिर चोकबाट पक्राउ परेका छन्।
पक्राउ पर्नेमा नुवाकोटको ककनी गाउँपालिका–३ बस्ने वर्ष २१ को लिजोङ्ग तामाङ र बेलकोटगढी नगरपालिका–१ का वर्ष ३९ को श्याम ढुंगाना रहेका छन्।
विशेष सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले उनीहरूले दुवैजनालाई पक्राउ गरेको छ।
दुवैजनालाई कानुनी कारबाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौंमा बुझाइएको प्रहरीले जनाएको छ।
279
Shares

प्रतिक्रिया