पाँच वर्षदेखिको लगातार सबैभन्दा ठूलो नुडल्स निर्यातकर्ता एसियन थाई फुड्सले मसालेदार नुडल्स ‘डेभिल्स हट चिकेन नुडल्स’ सार्वजनिक गरेको छ।
मसालाको राम्रो सन्तुलन र स्वाद खोज्नेलाई लक्षित गरी यो उत्पादन ल्याएको कम्पनीले जनाएको छ।
यो नुडल्स सोमबारदेखि देशैभर उपलब्ध हुने कम्पनीले जनाएको छ।
यसमा सन्तुलित मसालेदार स्वाद र स्वादिलो मिश्रण रहेको छ। उच्च गुणस्तरको नुडल्सले तीव्र र बलियो स्वादसँग राम्रोसँग मेल खान्छ र एक अविस्मरणीय डेभिलिसिअस स्वादको अनुभव दिने कम्पनीको दाबी छ।
एसियन थाई फुड्सका निर्देशक आशिष जाजुले यो साधारण तत्कालीन नुडल्स मात्र नभई साहसिकहरूका लागि स्वादयुक्त चुनौती पनि भएको बताए।
व्यवस्थापकीय निर्देशक महेश जाजुले निजी लिमिटेड कम्पनीबाट लि. कम्पनीमा हालै संक्रमण गरी हाम्रो आईपीओ तयारीको एक भाग रुपमा कम्पनी नवप्रवर्तन र नेपाली रुचिअनुसारको स्वादअनुसारको प्रतिबद्धताको उच्च स्तर कायम राख्ने बताए।
‘डेभिल्स हट चिकेन नुडल्समा हाम्रो बोल्ड, सन्तुलित मसाला र डेभिलीसिअस स्वादको लगाव झल्किन्छ जुन नेपाल र विदेश दुवैको ग्राहकहरूलाई मन पर्न सक्छ’, उनले भने।
प्रतिप्याकेट ५० रुपैयाँ पर्ने डेभिल्स हट चिकेन नुडल्सको ५ प्याकेटको फ्यामिली प्याक २५० रुपैयाँमा पाइनेछ। यसले प्रयोगकर्तालाई थप खुसी दिने उद्देश्यले प्रत्येक प्याकमा चकलेट वेफर पनि रहेको छ, जसले तातो खाना पछि मिठासको स्वाद थप गर्दछ।
यो भाटभटेनीलगायत ठूला खुद्रा पसलहरूमा र दराज जस्ता लोकप्रिय अनलाइन प्लेटफर्महरूमार्फत नेपालका सबै ठूलो सहरहरूमा सजिलै उपलब्ध हुनेछ।
यो कम्पनीले ३० भन्दा बढी देशहरूमा निर्यात समेत गर्दै आएको छ।
Shares

प्रतिक्रिया