कारोबार


एनआईसी एसिया बैंक र इ–स्टप नेपालबीच ग्राहकलाई छुट दिने सम्झौता

एनआईसी एसिया बैंक र इ–स्टप नेपालबीच ग्राहकलाई छुट दिने सम्झौता

नेपालखबर
असार ३०, २०८२ सोमबार १४:५५, काठमाडौँ

एनआईसी एसिया बैंक र ई.स्टप नेपाल प्रा.लि.बीच बैंकका ग्राहकहरुलाई रेस्टुरेन्टको खाना र चार्जिङ स्टेसन सेवामा विशेष छुट दिने सम्झौता भएको छ। 

योसँगै बैंकका ग्राहकहरुले ई.स्टप नेपालले उपलब्ध गराएको रेस्टुरेन्टका परिकारमा १० प्रतिशत र चार्जिङ स्टेसन सेवामा ५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्। 

ई.स्टप नेपालले नवलपुरस्थित दलदले, सिन्धुलीस्थित रामटार र कुरिनटारमा रेष्टुरेन्टसँगै उपलब्ध गराएको चार्जिङ स्टेसनहरुमा विद्युतीय गाडी चार्ज गर्दै खानाको स्वादमा उक्त छुट सुविधा उपभोग गर्न सकिनेछ। 

ग्राहकहरूले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्दा उक्त छुट सुविधा लिन सकिनेछ। 

दी गो ग्रुप अफ कम्पनीअन्तर्गत रहेको ई.स्टप नेपालसँगको यस सहकार्यले मुलुकमा डिजिटल भुक्तानी र हरित अर्थतन्त्रको प्रवद्र्धनमा समेत टेवा पुग्ने बैंकले विश्वास लिएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad