फोनेपेले कुमारी बैंक लिमिटेडसँगको साझेदारीमा कुमारी फोनेपे क्रेडिट कार्ड सार्वजनिक गरेको छ।
यसले नेपालको डिजिटल क्रेडिट प्रणालीलाई थप सशक्त बनाउने विश्वास गरिएको बैंकले जनाएको छ।
फोनेपे क्रेडिट कार्ड योजनाअन्तर्गत जारी गरिएको यो भर्चुअल क्रेडिट कार्ड अब कुमारी स्मार्ट मोबाइल बैंकिङ एपमार्फत कुमारी बैंकका ग्राहकहरूका लागि उपलब्ध भएको छ।
बैंकका अनुसार कुमारी फोनेपे क्रेडिट कार्ड एक पूर्ण रूपमा डिजिटल सेवा हो जसले प्रयोगकर्ताहरूलाई देशभरका कुनै पनि फोनेपे क्यूआर मर्चेन्टहरूमा स्क्यान गरी भुक्तानी गर्न सक्षम बनाउँछ। यसले परम्परागत क्रेडिट कार्डका मुख्य सुविधाहरू जस्तै ४५ दिनसम्मको ब्याजमुक्त अवधि र लचिलो किस्ताबन्दी विकल्पलाई क्यूआर भुक्तानीको सहजता र सुरक्षासँग संयोजन गरी, परम्परागत कार्डको आवश्यकतालाई पूर्ण रूपमा हटाएको छ।
यस अवसरमा कुमारी बैंकले ५० प्रतिशत क्यासब्याक (अधिकतम रु. ५०० सम्म) को विशेष अफर घोषणा गरेको छ। जुन कुमारी फोनेपे क्रेडिट कार्डमार्फत गरिएका कारोबारमा लागू हुनेछ। यो सीमित अवधिको अफरले क्यूआर आधारित क्रेडिट भुक्तानीको अनुभवलाई प्रवर्द्धन गर्दै दैनिक खर्चमा बचत गर्न मद्दत गर्ने उद्देश्य राखेको छ।
फोनेपेका प्रमुख कार्यकारी अधिकृत दिवश कुमारले कुमारी बैंक फोनेपे क्रेडिट कार्ड नेटवर्कमा आबद्ध भएपछि पहुँच विस्तार भएको बताए। यसले प्रयोगकर्ताहरूलाई तत्काल, सुरक्षित र सजिलो रूपमा भर्चुअल क्रेडिट पहुँच गर्न सक्षम बनाउने उनको भनाइ छ।
योसँगै कुमारी बैंक फोनेपेको भर्चुअल क्रेडिट समाधान अपनाउने वित्तीय संस्थाहरूको बढ्दो सूचीमा समावेश भएको छ।
Shares

प्रतिक्रिया