विकास हाइड्रोपावर कम्पनीले आजबाट प्राथमिक सेयर निष्काशनमा ल्याएको छ।
कम्पनीले जारी पुँजीको १० प्रतिशत अर्थात् ९ करोड ९ लाख रुपैयाँबराबरको ९९ हजार १०१ कित्तासेयर निष्कासनमा ल्याएको हो।
जसमा कम्पनीले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएकाहरुका लागि ३९ लाख ११ हजार १०१ कित्ता छुट्याएको थियो। यस्तै ७० हजार ९१० कित्ता कर्मचारीका लागि र १ लाख ७७ हजार २७५ कित्ता सामुहिक लगानी कोषलाई छुट्याएको थियो।
त्यसबाट बाँकी रहेको १ लाख २९ लाख ४२ हजार ७६० कित्ता सेयर आजबाट निष्कासनमा ल्याएको हो। आईपीओमा असार २२ गतेसम्म खुला रहनेछ। प्रतिसेयर आम्दानी ६ रुपैयाँ १८ पैसा रहेको यो कम्पनीको प्रतिसेयर नेटवर्थ भने १०४ रुपैयाँ ५५ पैसा छ।
लगातार तीन वर्षदेखि नोक्सानमा रहेको कम्पनीले चालू आवको पुसमा भने १ करोड २८ लाख रुपैयाँ नाफा गरेको देखाएको छ।
Shares

प्रतिक्रिया