ad ad

कारोबार


भारतीय फिन-टेक कम्पनी फोनपेले गर्‍यो इसेवा र होटल संघ नेपालसँग साझेदारी

भारतीय फिन-टेक कम्पनी फोनपेले गर्‍यो इसेवा र होटल संघ नेपालसँग साझेदारी

नेपालखबर
चैत २९, २०८० बिहिबार १५:८, काठमाडौँ

नेपाली नयाँ वर्षको उपलक्ष्यमा आजदेखि २ गतेसम्म हुने फेवा महोत्सवमा भारतको फोनपेले भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा र होटल संघ नेपालसँग साझेदारीको घोषणा गरेको छ। 

फेवा महोत्सव नेपालभरिका आन्तरिक पर्यटकमाझ मात्र नभएर भारतीय पर्यटकमाझ पनि उत्तिकै लोकप्रिय छ। परम्परागत नेपाली तथा अन्तर्राष्ट्रिय परिकारहरू, स्थानीय तथा अन्तर्राष्ट्रिय कलाकारहरूको सङ्गीत प्रस्तुति, परम्परागत नेपाली नृत्य तथा सङ्गीत प्रस्तुति, कला प्रदर्शनी र कार्यशालाहरू लगायतका सांस्कृतिक प्रस्तुतिहरूको साथमा फेवा महोत्सवले नेपाली संस्कृति र स्थानीय खानाको स्वादको अनुभव लिने अवसर प्रदान गर्दछ।  
 

यही अवसरमा नेपालमा यूपीआईको लोकप्रियता बढाउने बढाउने उद्देश्यले फोनपेले फेवा नयाँ वर्ष महोत्सवमा ग्राहकहरूमाझ यूपीआईको प्रयोगले डिजिटल भुक्तानीमा हुने सहजता झल्काउने कार्य तथा स्थानीय व्यापारीहरूबीच डिजिटल भुक्तानीबारे चेतना जगाउने उद्देश्यले थुप्रै गतिविधिहरू गर्नलागेको छ। 

डिजिटल ब्रान्डिङका साथै डिजिटल भुक्तानी सेवा प्रयोग गर्ने तरिका सिकाउने तथा यूपीआईमार्फत भुक्तानी सेवामा सहजता देखाउने उद्देश्यले अन्य अन्तर्क्रियात्मक गतिविधिहरूको नेतृत्व इसेवा र भारतीय फोनपेले  होटल संघ पोखराको सहकार्यमा गर्दै छ।

महोत्सवमा तीन हजारभन्दा बढी व्यापारीहरू सहभागी हुनुका साथै एक लाखभन्दा बढी अन्तरिक तथा अन्तराष्ट्रिय पर्यटकहरुले सहभागीता जनाउने अपेक्षा गरिएको छ। 

फोनेपे इन्टरनेशनल पेमेन्टका प्रमुख कार्यकारी निर्देशक रितेश पाईले प्रख्यात नेपाली महोत्सव फेवा नयाँ वर्ष महोत्सवमा इसेवा र होटल संघ नेपालसंग साझेदारी गरी नेपालमा यूपीआई प्रणालीलाई लोकप्रिय बनाउन पाउँदा उत्साहित रहेको बताए। 

'यस सुन्दर ठाउँको सङ्गीत, खाना र संस्कृतिको अनुभव गर्न हरेक वर्ष भारतबाट थुप्रै पर्यटकहरू नेपाल आउने गर्दछन् त्यसैले हाम्रो फोकस नेपालमा फोनपे नेटवर्कमा यूपीआईको स्थान सुनिश्चित गर्न व्यापारीहरूलाई सचेतना र जागरुकता सिर्जना गर्नमा केन्द्रित हुनेछ', उनले भने, 'यो साझेदारीले नेपालको डिजिटल परिदृश्यमा परिवर्तन ल्याउनका साथै भारतीय फोनपे प्रयोगकर्ताहरूले जुनसुकै स्थानमा आफ्नो आवश्यकता अनुसार सहजै लेनदेन गर्न सक्नेछन्।”  
 
इसेवाका प्रमुख कार्यकारी निर्देशक जगदीश खड्काले फेवा नयाँ वर्ष महोत्सवका लागि फोनपे र होटल संघ नेपालको साझेदारी नेपालमा डिजिटल भुक्तानीलाई थप प्रवर्द्धन गर्ने सुनौलो अवसर भएको बताए। 

'देशको अग्रणी डिजिटल वालेटका रूपमा डिजिटल भुक्तानी इकोसिस्टमलाई बढाउँदै र व्यापारीहरू तथा उपभोक्ताहरू दुवैका लागि सुविधाजनक समाधानहरू प्रदान गर्ने कुरामा हामी प्रतिबद्ध छौं', उनले भने, 'भारतीय पर्यटकहरू नेपाली पर्यटनका लागि एक प्रमुख आधार भएकाले यो कदमले भारतीय पाहुनाहरुको आवश्यकताहरू पूरा गर्न र उनीहरूको समग्र अनुभव बृद्धि गर्न पङ्क्तिबद्ध रहेको छ।' 

यस सहकार्यमार्फत नेपालमा यूपीआई र फोनपे नेटवर्क प्रयोग गर्नुका फाइदाहरू र व्यापारीहरूलाई डिजिटल लेनदेनहरूका लागि सशक्त बनाउने र नेपालको डिजिटल अर्थतन्त्रको वृद्धिमा योगदान पुर्याउने गर्ने लक्ष्य राखिएको बताइएको छ। 

होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले नेपाली नयाँ वर्ष २०८१ को हर्षोल्लासका साथ १९औँ फेवा नयाँ वर्ष महोत्सवले ३ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको बताए। 

'होटल संघ नेपालको सहकार्यमा पोखराका होटलहरूले पोखरा घुम्न आउने पर्यटकहरूलाई आरामदायी बास सुनिश्चित गर्न होटलहरुमा २० प्रतिशतसम्म छुट दिने व्यवस्था मिलाइएको छ', उनले भने, 'पर्यटन, संस्कृति र खानपानसँग सम्बन्धित हाम्रा मूल्यमान्यतालाई आत्मसात् गर्दै पोखरा नेपालको पर्यटन आकर्षणको प्रकाशकको रूपमा उभिएको छ।"  
 
फोनपे नेपालका प्रमुख कार्यकारी निर्देशक दिवास सापकोटाले नेपालमा फोनपे नेटवर्कमा यूपीआई क्षमताहरूको एकीकरणलाई प्रवर्द्धन गर्न फोनेपे इन्डिया , इसेवा र नेपाल होटल व्यवसायी संघसँगको रणनीतिक साझेदारीले धेरै खुसी प्रदान गरेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .