ad ad

कारोबार


स्किल विकमा ५ जना स्किल हिरो अवार्डबाट सम्मानित

स्किल विकमा ५ जना स्किल हिरो अवार्डबाट सम्मानित

नेपालखबर
चैत २७, २०८० मंगलबार १४:९, काठमाडौँ

स्किल विक २०२४ को पाँचौँ संस्करणमा पाँच जनालाई स्किल हिरो अवार्ड प्रदान गरिएको छ।  

कला र संस्कृति, उद्यमशीलता, पर्यटन तथा आतिथ्य, विज्ञान तथा प्रविधि एवं डुअल भेट/अप्रेन्टिससिप गरी पाँच विधामा पाँच व्यक्तित्वलाई स्किल हिरो अवार्ड दिइएको हो। 

यसअनुसार कलामा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, उद्यमशीलतामा किंग्स कलेजका कार्यकारी निर्देशक नरोत्तम अर्याल, पर्यटन तथा हस्पिटालिटीमा पहिलो कलेज नेपाल कलेज अफ ट्राभल एण्ड टुरिजम म्यानेजमेन्टकी संस्थापक तथा अध्यक्ष छाया शर्मालाई सम्मान गरिएको थियो। 

त्यस्तै, विज्ञान तथा प्रविधि विधामा डा भगवान कोइराला, अप्रेन्टिससिप विधामा पुष्पा चौधरीलाई पुरस्कृत गरिएको थियो। 

आइतबार द सोल्टी होटेलमा उद्यमीहरू, सरकारी कूटनीतिज्ञहरू र सय बढी अन्य सहभागीको उपस्थितिमा कार्यक्रम गरिएको हो।  

स्किल विक एक हप्ते कार्यक्रममा विभिन्न सीपमूलक तालिमहरु लगायत सीपयुक्त कार्यशाला, तालिम, केस स्टडीलगायत समावेश थिए।

कलकारखाना, शैक्षिक संस्था एवम सरकारी निकायसँगको साझेदारीको लक्ष्य लिई तिनै क्षेत्रबाट सीपमूलक रोजगारीका अवसर, बढ्दोे सीपप्रतिको महत्व, व्यापार, सेवा, आधुनिक प्रविधिदेखि कला तथा संस्कृति झल्किने किसिमले सीपको महत्व उजागर गर्ने लक्ष्य लिई स्किल विक कार्यक्रम ३१ मार्चदेखि ०८ अप्रिलसम्म सञ्चालन भएको थियो । यस कार्यक्रममा ५ फरक सीप क्षेत्रहरू प्रदर्शन गरिएको थियो। 

सोही दिन समापन समरोहलाई लक्षित गरेर सी ई वो अनप्लग्ड २०२४ नामक भब्य कार्यक्रम सन्चालन गरिएको थियो। 

कार्यक्रममा युरोपेली संघ, भारतीय दूतावास, यूएनएचसीआर, स्विस एजेन्सी, इन्स्योर र काठमाडौं महानगर रणनीतिक साझेदार थिए। होन्डा, कोका–कोला, ब्रिटिश काउन्सिल, शिभा, वर्ल्ड लिंक, र काठमाडौं वर्ल्ड स्कूल साझेदारहरू थिए। 

पहल साझेदारको रूपमा सोल्टी काठमाडौं; गोल्छा ग्रुपद्वारा समर्थित; एयरलाइन्स साझेदारको रूपमा यति एयरलाइन्स; टेक पार्टनरको रूपमा नियो, टिकटिङ पार्टनरको रूपमा खल्ती, ज्ञान साझेदारको रूपमा किंग्स कलेज, होटल संघ नेपाल  र नाडा अटोमोबाइल संघ, पीआर साझेदारको रूपमा प्रिज्मा विज्ञापन; आउटरिच पार्टनरको रूपमा नो नेक्स्ट क्वेस्चन र डिजिटल मिडिया पार्टनरको रूपमा व्यास मिडिया नेटवर्क, डिश होम गो थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .