ad ad

कारोबार


‘रोयल इन्फ़िल्ड पोकर रन नेपाल’ कार्यक्रम हुँदै

‘रोयल इन्फ़िल्ड पोकर रन नेपाल’ कार्यक्रम हुँदै

नेपालखबर
चैत २७, २०८० मंगलबार १४:२०, काठमाडौँ

१४औँ संस्करणको ‘रोयल इन्फ़िल्ड पोकर रन नेपाल’ कार्यक्रम यस वर्ष पनि हुँदै छ। स्याक्रेड सम्मिट्स प्रालिको आयोजनामा नेपाली नयाँ वर्षलाई स्वागत गर्दै यो कार्यक्रम गरिन लागेको हो। 

यसमा हरेक वर्ष चैत ३० गते नेपाल पर्यटन बोर्डको प्रांगण काठमाडौंबाट सुरु भई विभिन्न किसिमको रंग, बनावट र सजावटले सुसज्जित आआफ्नो मोटरसाइकल चढेर करिब २०० किमिको दूरी पार गर्दै त्यही बेलुकी पोखरा पुग्ने गरिन्छ। 

होटल ल्यान्डमार्क लेकसाइड पोखरामा त्यो रातको बास, गाँस र चास (मधुशाला, पार्टी, मनोरंजन) को व्यवस्था गरिएको हुन्छ। कार्यक्रममा रोयल इन्फ़िल्ड कम्पनीका सबै मोटरसाइकल धनीले भाग लिन पाउँछन्।  
 

यस कार्यक्रमको अर्को मुख्य रमाइलो पक्ष भनेको पोकर खेल हो। पोकर भन्नाले ताससँग   सम्बन्धित एक किसिमको खेललाई बुझाउँछ। पोकर खेलमा पाँच पत्ती तास हातमा लिएर अनेकौँ दाउ बनाउन सकिन्छ। 

पोकर रनमा पनि प्रत्येक सहभागीलाई विभिन्न पाँच ठाउँमा एकएक पत्ती तास तान्ने मौका प्रदान गरिन्छ।

अन्तिममा पोखरा पुगेर उक्त पाँच पत्ती तास मिलाउँदा जसको दाउ सबैभन्दा ठूलो बन्छ, त्यो नै यस कार्यक्रमको विजेता मानिन्छ र उसलाई विभिन्न कम्पनीले प्रायोजन गरेको विशेष उपहार प्रदान गरिन्छ। कार्यक्रममा अन्य विभिन्न पुरस्कार पनि प्रदान गरिन्छ। 

कार्यक्रमकै अंशअनुरुप चैत ३० गतेका दिन लाइभ कन्सर्ट, डिजे सेसनलगायतका कार्यक्रम गरी सहभागीलाई भरपुर मनोरञ्जन प्रदान गरिन्छ।  
 
यस पटकको कार्यक्रममा नेपाल, भारत, अस्ट्रेलिया, संयुक्त राज्य अमेरिका, अस्ट्रिया लगायत संसारका विभिन्न देशबाट आएका मोटरसाइकल यात्री सम्मिलित १५० को हाराहारीमा सहभागीहरु रहेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .