कारोबार


नेपालमा केएफसीले खोल्यो १५औँ शाखा, १५ जनाले पाए रोजगारी

नेपालमा केएफसीले खोल्यो १५औँ शाखा, १५ जनाले पाए रोजगारी

नेपालखबर
पुस ८, २०७९ शुक्रबार १३:१८, काठमाडौँ

अन्तर्राष्ट्रिय फुड चेन ब्रान्ड केएफसीले नेपालमा पन्ध्रौँ शाखा विस्तार गरेको छ। 

काठमाडौं महानगरपालिका वडा नं २२ स्थित कर्मचारी सञ्चयकोष भवन (काठमाण्डौ मल) मा केएफसी नेपालको आधिकारिक फ्रेन्चाइजर देवयानी इन्टरनेशलन नेपाल प्रालिले नेपालकै पहिलो केएफसी फ्ल्यागशिप स्टोर सञ्चालनमा ल्याएको हो। 

केएफसी रेस्टुरेन्ट विश्वमै सबैभन्दा स्वादिष्ट चिकेनको परिकार उपलब्ध गराउने रेस्टुरेन्टका रुपमा परिचित छ। यस आउटलेटमा केएफसीका विभिन्न चिकेनको परिकार जस्तै हट एन्ड क्रिस्पी चिकेन, चिकेन पपकर्न, चिकेन स्ट्रिप्स लगायत बर्गर र अन्य परिकारको आनन्द लिन सकिनेछ। 

नयाँ शाखा सञ्चानलसँगै केएफसीले क्रिसमस र अंग्रेजी नयाँ वर्षको उपलक्ष्यमा केएफसी सेलिब्रेसन मिललगायतका नयाँ अफर समेत ल्याएको छ । 

यस रेष्टुरामा ग्राहक आफैँले अर्डर गरेर अनलाइन माध्यमबाट रकम भुक्तनीगरी द्रुत सेवा समेत लिन सकिनेछ। हरेक ग्राहकले कस्टुमर डिस्प्ले स्क्रिनबाट आफूले गरेको अर्डर बनिराखेको समेत ट्रयाकिङ्ग गर्न सक्नेछन्। 

२३४० वर्ग फिट मा खोलिएको यो रेस्टुरेन्टमा एक पटकमा ७० जना ग्राहकहरुले सेवा लिन सक्नेछन्। 

रेष्टुरेन्टले हाल बिहान ९ः०० बजेबाट रातको ९ः०० बजेसम्म डाइन–इन र टेक अवेमार्फत सेवा दिइरहेको छ । साथै फुडमाण्डू, भोज डिल र पठाओ फुडका डेलिभरी सेवा मार्फत घरै बसेर विश्वस्तरिय परिकारको मज्जा लिन सकिनेछ।

यस रेष्टुराले १५ जनालाई प्रत्यक्ष रोजगारी दिएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .