ad ad

कारोबार


कोका–कोलाको फिफा वर्ल्डकप क्याम्पेन ‘ड्रिन्क–बिलिभ– विन’ सुरु

कोका–कोलाको फिफा वर्ल्डकप क्याम्पेन ‘ड्रिन्क–बिलिभ– विन’ सुरु

नेपालखबर
कात्तिक २२, २०७९ मंगलबार १८:६, काठमाडौँ

फिफा वर्ल्डकपको माहोल नजिकिँदै गर्दा कोका–कोलाले आफ्ना फुट्बल प्रेमी नेपाली उपभोक्ताहरूलाई लक्षित गरेर वर्ल्डकप विशेष लेबल लन्च गरेको छ। 

‘ड्रिन्क–बिलिभ–विन’ नाम रहेको यस क्याम्पेन अन्तर्गत उपभोक्ताहरूले फिफा वर्ल्डकप अफिसियल फुटबल, टिशर्ट, ज्याकेट जस्ता मर्कन्डाइजहरू जित्न सक्ने मौका पाउनेछन्। 

क्याम्पेनमा सहभागी हुनको लागि उपभोक्ताहरूले कोक बोतलको नयाँँ फिफा वर्ल्डकप लेबलमा भएको क्युआर कोड स्क्यान गरेर लेबल पछाडि भएको युनिक कोड पठाउनुपर्ने हुन्छ। 

त्यस्तै कोक(स्पेस)(लेबल पछाडिको नम्बर)(स्पेस)(आफ्नो नाम)टाइप गरेर ३४९४९ मा पनि एस्एमएस् पठाउन सकिनेछ अथवा वेबसाइटमा गएर आवश्यक जानकारी प्रदान गरेर पनि यस क्याम्पेनमा सहभागि हुन सकिनेछ ।  

कात्तिक १५ बाट सुरु भएको यो क्याम्पेन मंसिर २८ सम्म लागु हुनेछ। यो अफर लागु नहुने बोतलहरू पनि बजारमा उपलब्ध रहेका छन्। यसबारे विस्तृत शर्त तथा जानकारीहरू कम्पनीको वेबसाइट मा गएर हेर्न सकिनेछ । 

पुरस्कार दावी गर्नको लागि आफुसँग भएको लेबल अनिवार्य रुपमा सुरक्षित राख्नुपर्ने हुन्छ । 

यो अफर २५० मिली, ५०० मिली, १ लिटर र २.२५ लिटरको कोका–कोला र कोका–कोला जिरो सुगरको खरिदमा प्राप्त गर्न सकिनेछ । 

यसमा नियम तथा शर्तहरु लागू हुने कम्पनीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .