कारोबार


यी कम्पनीले पारे त्रिवि मैदानमा प्यारापिट निर्माण र फ्लडलाइट जोड्ने ठेक्का

यी कम्पनीले पारे त्रिवि मैदानमा प्यारापिट निर्माण र फ्लडलाइट जोड्ने ठेक्का

नेपालखबर
फागुन १, २०८१ बिहिबार १४:१३, काठमाडौँ

त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा रहेको क्रिकेट मैदानमा प्यारापिट निर्माण र फ्लडलाइट जडानको बोलपत्र स्वीकृत भएको छ। 

सहरी विकास मन्त्रालयअन्तर्गत संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका अनुसार अन्तर्राष्ट्रियस्तरको प्यारापिट निर्माणको ठेक्का बीकेओई–केसीडीसी–बीजी जेभीले पाएको हो। उसले ४३ करोड ७७ लाख ३० हजार १३ रुपैयाँ ३ पैसामा प्यारापिट बनाउने कबोल गरेको छ। 

त्यसैगरी फ्लडलाइट जडानको ठेक्का भने विशन–ईश्वरी ज्वाइन्ट भेन्चरले पाएको छ। उसले ४२ करोड १९ लाख ९१ हजार ६ सय ५३ रुपैयाँ ८९ पैसामा बत्ती जडान गर्ने कबोल गरेको छ। 

यसअघि कार्यालयले यी कार्य गर्न गत पुस ५ मा बोलपत्र आह्वान गरेको थियो। यसअनुसार रीतपूर्वक दर्ता भएका बोलपत्रहरुमध्ये यी कम्पनीले न्यूनतम मूल्यांकित सारभूत रुपमा प्रभावग्राही बोलपत्र पेस गरिएकाले सार्वजनिक खरिद ऐन २०६३ को दफा २७ को उपदफा २ अनुसार स्वीकृत भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad