रुपन्देहीको भैरहवामा खुलेको भैरहवा गार्डेन रिसोर्ट प्रालिले सफ्ट ओपनिङको ६ महिनामा २ करोड २० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ।
गत फेब्रुअरीमा रिसोर्टले सफ्ट ओपनिङ गरेको थियो। ३ दशक लामो समय आतिथ्य र पर्यटन क्षेत्रमा बिताएका व्यवसायी निर्मल श्रेष्ठले १ अर्ब २५ कोड १० लाख रुपैयाँ लागतमा सन् २०२० देखि उक्त रिसोर्ट निर्माण गरिरहेका छन्।
यसको वित्तीय प्रगति ८० प्रतिशत छ भने बढीमा आगामी १ महिनाभित्र पूर्णरुपमा रिसोर्ट सञ्चालनमा आउँदै छ।
७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजीको लगानी संरचनामा निर्माण भइरहेको भैरहवा गार्डेनमा वीरेन्द्र गुप्ता महाप्रबन्धक रहेका छन्।
विशेष उद्देश्यसाथ निर्माण भइरहेको रिसोर्टलाई ४ तारे होटल बनाउने लक्ष्य छ। उक्त रिसोर्टमा ३८ रुम, एक रेस्टुराँ, स्विमिङ पुल र एउटा सम्मेलन गर्न मिल्ने हल छ। बाँकी ३४ रुम, ब्यान्क्वेट सुविधा र क्यासिनोका लागि संरचना निर्माण भइरहेका छन्।
Shares
प्रतिक्रिया