नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थाहरुबाट ५० अर्ब तरलता खिच्ने भएको छ।
निक्षेप संकलन उपकरणबाट सो रकम खिच्न लागिएको हो।
उक्त रकम २१ दिनको लागि बोलकबोल तथा निष्काशन गर्न लागेको केन्द्रीय बैंकले उल्लेख गरेको छ।
आज ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत बोलकबोल हुनेछ ने आजै यसको निष्काशन गरिने राष्ट्र बैंकले जनाएको छ। यसको ब्याजदर बोलकबोल माध्यमबाटै निर्धारण हुनेछ।
उक्त रकमको सावाँ ब्याज भुक्तानी आगामी जेठ ११ गते हुनेछ।
क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने यो बोलकबोलमा घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोल लगाउन पाउनेछन्।
उक्त रकम राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा प्रयोग गर्न सकिनेछ।
Shares

प्रतिक्रिया