समाज


तीव्र गतिको कारले मोटरसाइकललाई ठक्कर दिँदा बाबुछोरीको मृत्यु, कार चालक पक्राउ

तीव्र गतिको कारले मोटरसाइकललाई ठक्कर दिँदा बाबुछोरीको मृत्यु, कार चालक पक्राउ

नेपालखबर
बैशाख २१, २०८२ आइतबार १३:०, काठमाडौँ

रौतहटमा कारले मोटरसाइकललाई ठक्कर दिँदा बाबुछोरीको मृत्यु भएको छ। 

पूर्वपश्चिम राजमार्गमा पर्ने चन्द्रनिगाहपुर नगरपालिका- ४ मा आइतबार बिहान कारले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी नेत्रमणी गिरीले जानकारी दिए। 

मृत्यु हुनेमा रौतहटकै गरुडा नगरपालिका- ३ मलाही टोलका ६० वर्षीय बलिराम सहनी र उनकी ४० वर्षीया छोरी उर्मिला देवी सहनी छन्। तीव्र गतिको कारण दुर्घटना भएको प्रहरीले जनाएको छ। 

‘चन्द्रनिगाहपुरबाट निजगढ तर्फ जाँदै गरेको ना ३ प ९५१२ नम्बरको मोटरसाइकललाई हेटौँडाबाट चन्द्रनिगाहपुर तर्फ जाँदै गरेको बा ६ च ३५२६ नम्बरको कारले ठक्कर दिँदा दुर्घटना भएको हो,’ डीएसपी गिरीले नेपालखबरसँग भने, ‘कार चालक हेटौँडा- १२ घर भएका ४३ वर्षीय कुमार पोखरेललाई पक्राउ गरिएको छ।’

मोटरसाइकल चालक बलिरामको घटनास्थलमै मृत्यु भएको हो भने मोटरसाइकलको पछाडि सवार उनकी छोरी ४० उर्मिला देवी सहनीलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको डीएसपी गिरीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad