एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त भएका गोविन्द घिमिरेले आजबाट काम सुरु गरेका छन्।
बैंकको सञ्चालक समितिले डेपुटी सीईओ रहेका घिमिरेलाई गत फागुन २३ गते सीईओमा नियुक्त गरेको थियो।
निवर्तमान सीईओ सुनिल केसीको कार्यकाल सकिएसँगै बैंकले उनलाई वैशाख ९ गतेसम्म सीईओमै रहने गरी पुनः नियुक्त गरेको थियो।
सञ्चालक समितिले सुनिलपछि वैशाख १० बाट भने घिमिरेको कार्यकाल रहने गरी सीईओमा नियुक्त गरेको थियो।
सुनिल हिजो (मंगलबार) नै बैंकबाट विदा भएपछि घिमिरेले सीईओको कार्यभार सम्हालेका हुन्। सुनिल केसीले दोस्रो कार्यकाल सकेर बैंकबाट बाहिरिएका हुन्।
कार्यकाल सुरु गर्दै घिमिरेले अगामी दिनमा एनएमबी बैंकले राष्ट्र बैंकबाट प्राप्त निर्देशनको अनुपालन गर्दै सुशासनमा अब्बल रहने प्रयत्न गर्ने बताए।
‘३० वर्षे बैंकिङ अनुभवलाई लिएर मसहित बैंक अगाडि बढ्नेछ’, उनले भने।
यस्तै फागुन २३ गतेकै सञ्चालक समितिको बैठकले आजैबाट लागू हुने गरी नायब प्रमुख कार्यकारी अधिकृत रहेका सुदेश उपाध्यायलाई वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा समेत गरेको थियो।
उनको कार्यकाल पनि आजैबाट सुरु भएको छ।
Shares

प्रतिक्रिया