कारोबार


नाफामा करोडबाट एकै वर्ष २ अर्बको क्लबमा उक्लियो नेपाल बैंक

नाफामा करोडबाट एकै वर्ष २ अर्बको क्लबमा उक्लियो नेपाल बैंक

नेपालखबर
बैशाख ७, २०८२ आइतबार १२:२२, काठमाडौँ

गत वर्ष करोडमै सीमित बनेको नेपाल बैंकको नाफा चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकमा आइपुग्दा अप्रत्याशित वृद्धि देखिएको छ। 

गत आवको चैतसम्म जम्मा १३ करोड खुद नाफा गरेको बैंकले चालू आवको सोही अवधिमा नाफा बढाएर २ अर्ब ७८ करोड रुपैयाँ पुर्‍याएको छ। यो भनेको नाफामा झण्डै २ हजार प्रतिशतको वृद्धि हो।

बैंक गत आवको तेस्रो त्रैमासिकमा भने ऋणात्मक देखिएको थियो। सो वर्षको तेस्रो त्रैमासिकमा बैंक ४५ करोडले नाफामा ऋणात्मक थियो। चालू आवमा भने बैंकको नाफामा नाटकीय वृद्धि देखिएको छ। 

अन्य बैंकहरुको ब्याज आम्दानी खुम्चिरहेको समयमा नेपाल बैंकले भने ब्याज आम्दानीसहित सञ्चालन आम्दानी बढाएको देखिन्छ। बैंकले चैत मसान्तसम्म ७ अर्ब १० करोड खुद ब्याज आम्दानी गर्दा खुद सञ्चालन आम्दानी ८ अर्ब २८ करोड रुपैयाँ गरेको छ। 

जब कि गत आवको चैतमा यो बैंकको खुद ब्याज आम्दानी ६ अर्ब ७७ करोड र खुद सञ्चालन आम्दानी ४ अर्ब मात्रै थियो। बैंकको सेयरधनीलाई लाभांश दिनसक्ने क्षमता पनि बढेको छ। बैंकको तेस्रो त्रैमासिकसम्म आइपुग्दा वितरणयोग्य नाफा ३० करोड ६२ लाख रुपैयाँ पुगेको छ। 

गत वर्ष बैंकसँग लाभांश वितरण गर्ने नाफा नहुँदा वितरणयोग्य नाफा ऋणात्मक थियो। यो पटक भने नाफासँगै वितरणयोग्य नाफा पनि बैंकले बढाएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad