कारोबार


नाफामा तंग्रिँदै लघुवित्त कम्पनीहरू, एक महिनामा २० प्रतिशतले बढ्यो

नाफामा तंग्रिँदै लघुवित्त कम्पनीहरू, एक महिनामा २० प्रतिशतले बढ्यो

लघुवित्त कम्पनीहरुले क्रमशः नाफामा सुधार गर्न थालेका छन् (स्केच : ट्यालीसोलुसन्स)


नेपालखबर
चैत २८, २०८१ बिहिबार १३:२९, काठमाडौँ

लघुवित्त कम्पनीहरुले क्रमशः नाफामा सुधार गर्न थालेका छन्। 

चालू आर्थिक वर्षको ११ महिनामा कम्पनीहरुले नाफामा उल्लेख्य सुधार गरेका हुन्। 

लघुवित्तहरुले फागुन महिनामा मात्रै २० प्रतिशतले नाफा बढाएर कुल नाफा ३ अर्ब २७ करोड रुपैयाँ पुर्‍याएका छन्। 

राष्ट्र बैंकका अनुसार माघ मसान्तसम्म लघुवित्त कम्पनीहरुले २ अर्ब ७२ करोड रुपैयाँ नाफा कमाएकोमा फागुन महिनामा ५५ करोड रुपैयाँ थपिएको हो। 

गत आर्थिक वर्षमा ६ अर्ब ७१ करोड रुपैयाँ नाफा कमाएका लघुवित्तहरुको चालू आवको नाफा भने खस्किएको थियो।

यद्यपि माघ र फागुनको नाफामा भने लघुवित्तले सुधार गर्दै लगेका छन्। माघ महिनामा ४० प्रतिशतले नाफा बढाएका लघुवित्त कम्पनीहरुले फागुनमा २० प्रतिशतले नाफा बढाएका छन्। 

गत आर्थिक वर्षबाट कर्जा असुलीको मार रहेका लघुवित्त कम्पनीहरुको नाफामा पनि असर देखिएको थियो। चालू आवमा पनि लघुवित्तहरुले कर्जा असुलीमा खासै सुधार गर्नसकेका छैनन्। यसले नाफामा दबाब पर्दै आएको छ। 

चालू आवको फागुनसम्म लघुवित्तहरुले कुल १८ अर्ब ९९ करोड रुपैयाँ कर्जा नोक्सानी व्यवस्थापनमा राखेका छन्। माघ महिनामा १६ अर्ब २ करोड रुपैयाँ मात्रै कोषमा राखेका लघुवित्तहरुले फागुनमा त्यसलाई बढाएर १ अर्बमाथि पु¥याएका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad