बैंक तथा वित्तीय संस्थाहरुले रिपर्चेज एरेन्जमेन्टअनुसार कर्जा खरिदबिक्री गर्दा खरिदकर्ता संस्थाले मात्रै सो कर्जाको रुपमा गणना गर्न पाउने भएका छन्।
बैंक तथा वित्तीय संस्थाहरुले कृषि तथा ऊर्जा क्षेत्रमा प्रवाहित कर्जालाई अर्को वित्तीय संस्थामार्फत व्यवस्थापन गर्न एक आपसमा कर्जा खरिदबिक्री गर्दै आएका थिए।
अब भने खरिदकर्ता संस्थाले मात्रै कर्जाको रुपमा गणना गर्न पाउनेछन्।
नेपाल राष्ट्र बैंकले (क) (ख) र (ग) वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई एकीकृत निर्देशन २०८१ जारी गर्दै कर्जा खरिदकर्ताले मात्रै सो रकम कर्जामा गणना गर्न पाउने व्यवस्था गरेको हो।
‘रिपर्चेज एरेन्जमेन्टअनुसार कर्जा खरिदबिक्री गर्दा सो कर्जाबराबरको रकम अनिवार्य रुपमा लेनदेन गरी खरिदकर्ता बैंक तथा वित्तीय संस्थाको हिसाबमा अभिलेख जनाउनुपर्नेछ तथा उक्त खरिद गरिएको कर्जा खरिदकर्ता संस्थाले मात्र तोकिएको क्षेत्रमा प्रवाहित कर्जाको रुपमा गणना गर्न पाउनेछ’, निर्देशनमा भनिएको छ।
Shares

प्रतिक्रिया