कारोबार


बैंक तथा वित्तीय संस्थामा २ अर्ब १९ करोड राख्दै राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थामा २ अर्ब १९ करोड राख्दै राष्ट्र बैंक

नेपालखबर
माघ २७, २०८१ आइतबार १२:२७, काठमाडौँ

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा २ अर्ब १९ करोड रुपैयाँ निक्षेप राख्ने भएको छ। 

आगामी फागुन ६ देखि १ वर्षका लागि उक्त मुद्दती निक्षेर राख्नलागेको राष्ट्र बैंकले जनाएको छ। 

केन्द्रीय बैंकका अनुसार क वर्गका बैंकहरुा १ अर्ब ७५ करोड २० लाख, ख वर्गका राष्ट्रियस्तरका विकास बैंकहरुमा ३२ करोड ८५ लाख र ग वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीहरुमा १० करोड ९५ लाख रुपैयाँ छुट्याइएको छ। 

इच्छुक संस्थाले यही माघ ३० गते १० बजेदेखि १ बजेभित्र इमेलमार्फत जानकारी गराउन सक्नेछन्। 

यसका शर्तहरुमा बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा २ वर्ष पुगेको, तोकिएको न्यूनतम पुँजीकोष कायम भएको, निष्क्रिय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशतभन्दा कम रहेको, खुद तरल सम्पत्ति राष्ट्र बैंकले तोकेको न्यूनतम सीमामा रहेको हुनुपर्नेछ। 

यसबाहेक कर्जा निक्षेप अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमाभित्र रहेको हुनुपर्ने उल्लेख छ। त्यसैगरी निकटतम अघिल्लो आर्थिक वर्षमा खुद मुनाफामा रहेको हुनुपर्नेलगायतका शर्तहरु तोकिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad