नेपाल राष्ट्र बैंकले आज एकै दिन ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ।
केन्द्रीय बैंकले २१ दिनको लागि निक्षेप संकलन गर्नलागेको हो।
आज दिउँसो ३ बजेदेखि अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत मात्र बोलकबोल हुनेछ। आज निष्काशन हुने उक्त निक्षेप संकलनको ब्याजदर पनि बोलकबोल माध्यमबाट निर्धारणबाट हुनेछ।
यसको सावाँ तथा ब्याज भुक्तानी आगामी फागुन १८ गते हुनेछ। केन्द्रीय बैंकका अनुसार घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोल लगाउन पाइनेछ।
यसबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा प्रयोग गर्न सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ। ब्याजदरमा बोलकबोल गर्न सकिने निक्षेप संकलनको बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ।
निक्षेप संकलन उपकरणको बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्।
Shares

प्रतिक्रिया