कारोबार


१० वाणिज्य बैंकको लोन पोर्टफोलियो रिभ्यु : फेरि ७ दिन थपियो प्रस्ताव बुझाउने समय

१० वाणिज्य बैंकको लोन पोर्टफोलियो रिभ्यु : फेरि ७ दिन थपियो प्रस्ताव बुझाउने समय

नेपालखबर
पुस २२, २०८१ सोमबार १२:४२, काठमाडौँ

नेपाल राष्ट्र बैंकले १० वाणिज्य बैंकको लोन पोर्टफोलियो रिभ्युका लागि प्रस्ताव बुझाउने समय ७ दिन थप गरेको छ। 

राष्ट्र बैंकले विदेशी कन्सल्टेन्सीहरुमा लोन पोर्टफोलियो रिभ्युका लागि दोस्रोपटक प्रस्ताव आह्वान गरेको थियो।

गत पुस ५ गते प्रस्ताव आह्वान गरेको बैंकले प्रस्ताव बुझाउने समय २९ गतेसम्मलाई थपेको हो।

नेपालका १० ठूला वाणिज्य बैंकहरुको विदेशी कन्सल्टेन्सीमार्फत लेखापरीक्षण गर्ने योजनाअनुरुप राष्ट्र बैंकले दोस्रो पटक पुस ५ गते प्रस्ताव आह्वान गरेको थियो।

राष्ट्र बैंकले यसअघि लेखापरीक्षणका लागि ५ विदेशी अडिट कम्पनीहरु छनौट गरेकोमा त्यसमा प्राविधिकतर्फ भारतको केपीएमजी अडिट कम्पनी मात्रै आर्थिक प्रस्तावका लागि छनोट भएको थियो। 

तर उक्त कम्पनीले पनि लागत अनुमान र उपलब्ध बजेटभन्दा बढी लागतसहित प्रस्ताव गरेपछि राष्ट्र बैंकले सम्पूर्ण प्रस्ताव नै रद्द गरेको थियो।

बैंकले भदौ ८ गते सार्वजनिक खरिद ऐन २०६३ को दफा ३६ उपदफा (१) (ख) बमोजिम लागत अनुमान र उपलब्ध बजेटभन्दा छनोट भएको प्रस्तावदाताको लागत सारभूतरूपमा बढी भएको भन्दै बैंकले केपीएमजीको प्रस्ताव पनि रद्द गरेपछि सम्पूर्ण प्रक्रिया नै खारेज भएको थियो।

सो प्रक्रिया खारेजीपछि राष्ट्र बैंकले दोस्रो पटक पुस ५ गते सूचना जारी गर्दै प्रस्ताव आह्वान गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad