नेपालमा एथर इनर्जीको आधिकारिक वितरक वैद्य इनर्जी प्रालिले एथर रिज्टा एसलाई देशव्यापी रूपमा सार्वजनिक गरेको घोषणा गरेको छ।
यो रिज्टा लाइन-अपको नयाँ थप हो। यसले गत वर्ष नेपालमा सार्वजनिक भएको रिज्टा जेटको उत्कृष्ट प्रतिक्रिया पछ्याउँदै आएको कम्पनीले जनाएको छ। योसँगै, रिज्टा लाइन-अपलाई एथर एस्युरेन्स प्याकेजद्वारा समर्थन गरिएको छ। यसले ब्याट्रीको विश्वसनीयता, चार्जिङ पहुँच, र स्वामित्व खर्चलाई एकीकृत गर्दै ईभी स्वामित्वलाई सरल, पूर्वानुमेय र भरपर्दो बनाउने लक्ष्य राखेको छ।
वैद्य इनर्जीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सूर्यांश वैद्यले रिज्टा एसलाई प्रत्येक नेपाली परिवारका लागि इलेक्ट्रिक मोबिलिटीलाई सरल, व्यावहारिक र पहुँचयोग्य बनाउन डिजाइन गरिएको बताए। यसको विशिष्ट डिजाइन, भरपर्दो प्रदर्शन र एथर एस्युरेन्स प्याकेजले ग्राहकहरूले इलेक्ट्रिकमा स्विच गर्दा देख्ने वास्तविक चिन्ताहरूलाई सम्बोधन गर्ने र यसले देशभर ईभी अपनाउने गति बढाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे।
दैनिक प्रयोगका लागि तयार
रिज्टा लाइन-अपमा अब दुई भेरियन्टहरू समावेश छन्—रिज्टा जेट जसको आईडीसी रेन्ज १५९ किमि छ र रिज्टा एसले नेपालमा परिवार र दैनिक यात्रुहरूका लागि एथरको प्रस्तावलाई थप सुदृढ बनाउने कम्पनीले जनाएको छ।
रिज्टा एसमा २.७ केडब्लुएच ब्याट्री रहेको छ जसले १२३ किमिको आईडीसी रेन्ज दिन्छ। यसले ४.३ केडब्लुको पीक पावर उत्पादन गर्छ, अधिकतम गति ८० किमि प्रतिघण्टासम्म पुग्छ, शून्यदेखि ४० किमि प्रतिघण्टा ४.७ सेकेन्डमा पुर्याउँछ र २२ एनएम टर्क प्रदान गर्दछ।
वास्तविक जीवनको प्रयोगलाई ध्यानमा राखेर डिजाइन गरिएको रिज्टा एसमा फराकिलो सिट, प्रशस्त फुटबोर्ड स्पेस र ठूलो स्टोरेज रहेको छ, जसले यसलाई नेपाली यात्रुहरूका लागि शहरका सडकदेखि ग्रामीण बाटोसम्मका दैनिक यात्रामा उपयुक्त बनाउँछ।
सुरक्षाका लागि अटो होल्ड, फल सेफ र आकस्मिक रोकिने संकेत जस्ता सुविधाहरू समावेश गरिएको छ।

एथर एस्युरेन्स प्याकेज
एथर एस्युरेन्स प्याकेजले ईभी अपनाउनमा देखिने प्रमुख चुनौतीहरूलाई सम्बोधन गर्दै स्वामित्वलाई सहज र चिन्तामुक्त बनाउने कम्पनीको दाबी छ। यसमा ब्याट्री वारेन्टी अवधि बढाइएको छ। यसअनुसार एथरका आफ्नै डिजाइन गरिएका ब्याट्री प्याकहरू विभिन्न राइडिङ अवस्थाहरूमा दशकभन्दा बढी समय परीक्षण गरिएका छन्। यसमा ३ वर्ष वा ३० हजार किमिसम्मको वारेन्टी उपलब्ध छ, जुन ५ वर्ष वा ६० हजार किमिसम्म विस्तार गर्न सकिन्छ।
यसबाहेक चार्जिङ पूर्वाधार पनि प्याकेजमा छ। एथरले नेपालभर रणनीतिक स्थानहरूमा ३५ सार्वजनिक फास्ट चार्जरहरू स्थापना गरेको छ, जुन दुई-पहिया ईभीका लागि सबैभन्दा ठूलो फास्ट चार्जिङ नेटवर्क हो। यसले काठमाडौं–पोखरा वा काठमाडौं–चितवन जस्ता लामो यात्राहरूलाई पनि व्यवहारिक बनाउँछ। हाल ग्राहकहरूलाई एथर ग्रिड फास्ट चार्जिङ स्टेसनहरूमा १ वर्षसम्म निःशुल्क चार्जिङ सुविधा उपलब्ध गराइएको छ।
सर्भिसतर्फ नेपालभर जहाँ-जहाँ एथर एक्सपिरियन्स सेन्टर छन्, त्यहाँ समर्पित सर्भिस सेन्टरहरू उपलब्ध छन्, जसले सहज र भरपर्दो सेवा अनुभव सुनिश्चित गर्छ। साथै, सीमित अवधिका लागि ग्राहकहरूले वार्षिक मर्मत सम्झौतामा २० प्रतिशत छुट पनि पाउनेछन्।
यी सबै सुविधाहरूले ब्याट्री सुरक्षा, सजिलो चार्जिङ र भरपर्दो सेवाको संयोजनमार्फत रिज्टा लाई व्यवहारिक र मुख्यधाराको विकल्प बनाउँछ।
सजिलो स्विचका लागि आकर्षक मूल्य
एथर रिज्टा एसको मूल्य २ लाख ९४ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ, जसले यसलाई नेपालको इलेक्ट्रिक स्कुटर बजारमा उच्च मूल्य प्रस्तावको रूपमा स्थापित गर्छ।
लन्चको अवसरमा, वैद्य इनर्जीले पहिलो १५० ग्राहकहरूका लागि २० हजार रुपैयाँको प्रारम्भिक लाभ उपलब्ध गराएको छ, जसले प्रभावकारी मूल्य २ लाख ७४ हजार ९९९ रुपैयाँमा झार्छ। यो अफर नगद छुट, एक्सचेन्ज लाभ वा शून्य प्रतिशत ब्याजदरसहितका आकर्षक फाइनान्सिङ विकल्पमार्फत प्राप्त गर्न सकिन्छ।

बुकिङ र उपलब्धता
एथर रिज्टा एस का लागि बुकिङ र डेलिभरी नेपालभरका सबै १० एथर सेन्टरमा खुला गरिएको छ। ग्राहकहरूले ९९९ रुपैयाँ तिरेर प्रारम्भिक अफरअन्तर्गत प्राथमिकता सुनिश्चित गर्न सक्नेछन्। कम्पनीका अनुसार देशैभर डेलिभरी समेत सुरु भइसकेको छ।
Shares

प्रतिक्रिया