राजनीति


अध्यक्ष ओली पक्राउको विरोधमा एमालेको देशव्यापी प्रदर्शन (तस्बिरहरू)

अध्यक्ष ओली पक्राउको विरोधमा एमालेको देशव्यापी प्रदर्शन (तस्बिरहरू)

नेपालखबर
चैत १५, २०८२ आइतबार १४:२५, काठमाडौँ

अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै नेकपा एमालेले आज देशका सबैजसो जिल्लामा प्रदर्शन गरेको छ। 

त्यसक्रममा एमालेले सबै जिल्ला प्रशासन कार्यालयमा अध्यक्ष ओली पक्राउको विरोध र उनलाई रिहा गर्न माग गर्दै ज्ञापन पत्र पनि बुझाएको छ।

गत भदौ २३ गते भएको जेनजी आन्दोलनको क्रममा ‘हेलचेक्र्याइँ गरी ज्यान मारेको’ अभियोगमा प्रहरीले तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई शनिबार पक्राउ गरेको थियो। 

अध्यक्षको पक्राउपछि बसेको एमालेको सचिवालय बैठकले त्यसको विरोध गर्दै आज सबै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने र देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको थियो।

एमालेले ओलीको पक्राउविरुद्धमा आज काठमाडौँमा पनि प्रदर्शन गरेको छ।

शनिबार बिहान आफ्नै निवास भक्तपुरको गुण्डुबाट पक्राउ परेका ओलीलाई हाल महाराजगन्जस्थित शिक्षण अस्पतालमा चिकित्सकको निगरानीमा राखिएको छ। 

तस्बिरमा हेर्नुहोस् एमाले आज गरेको प्रदर्शन

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad