कारोबार


आइतबार सकिएको नाडा शोमा बुकिङ भए १८७ जिली एक्स५, आजैदेखि सुरु भयो डेलिभरी

आइतबार सकिएको नाडा शोमा बुकिङ भए १८७ जिली एक्स५, आजैदेखि सुरु भयो डेलिभरी

नेपालखबर
भदौ ९, २०८२ सोमबार १७:५४, काठमाडौँ

आइतबार सकिएको नाडा अटो शोमा जिली एक्स५ विद्युतीय गाडीले उल्लेखनीय बुकिङ पाएको छ। 

ड्रिमस्मार्ट चाइनाको अधिकृत आयातकर्ताको रुपमा नेपालमा जिली एक्स५  भित्र्याउने एलआरआर मोटर्स प्रालिका अनुसार कुल १८७ गाडीहरु बुक भएका हुन्। 

म्याक्स र प्रो गरी दुईवटा भेरियन्टमा प्रदर्शनीमा राखिएको जिली एक्स५को स्टलमा ठूलो संख्यामा दर्शकहरूको भीड लागेको थियो। अत्याधुनिक प्रविधि, अधिक रेन्ज र आकर्षक डिजाइनका कारण एक्स५ ले भरपर्दो, प्रिमियम र स्टाइलिस ईभी खोज्ने ग्राहकहरूलाई प्रभावित पारेको हो। 

‘नाडामा जिली एक्स५ ले पाएको उत्साहजनक प्रतिक्रियाले हामीलाई अधिक हौसला प्रदान गरेको छ’, बिक्रेता एलआरआर मोटर्सका बिक्री तथा सञ्चालन प्रमुख अधिर श्रेष्ठले भने, ‘दिनमै १८७ वटा बुकिङ हुनु जिलीको नवप्रवर्तनमा बढ्दो विश्वास र नेपालमा दिगो गतिशीलताका समाधानप्रति बढ्दो मागको स्पष्ट संकेत हो।’ 

श्रेष्ठका अनुसार जिली एक्स५ शृंखलामा प्रयोग गरिएको नवीनतम र परिमार्जित ब्याट्रीले विशेषगरी नेपाली उपभोक्ताहरुलाई आकर्षित गराएको हो।

गाडी निर्माता जिली होल्डिङ्ग ग्रुप आफैले उत्पादन गरेको यो ब्याट्रीले एट (आठ वटा) निडल परीक्षण पास गरेसँगै संसारकै पहिलो वाटर, फायर र बुलेट प्रुफ प्रमाणित भएको छ। 

यस ब्याट्रीको आयु ३५ सय चार्ज रिसाइकल (लगभग १० लाख किमि अथवा ५० वर्ष) रहेको छ जुन हालसम्म उपलब्ध अन्य कुनै पनि ब्याट्रीको क्षमताभन्दा धेरै हो। साथै आयातकर्ता एलआरआर मोटर्स्ले जिलीका गाडीहरुको ब्याट्रीमा आठ वर्ष वा एक लाख ६० हजार किमिसम्म वारेन्टी समेत दिएको छ।

बुक गरिएका गाडीहरूको डेलिभरी आजैदेखि सुरु हुने कम्पनीले जनाएको छ । 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad