कारोबार


प्रिमियम विशेषताले भरिपूर्ण छ नाइमा एक्स्पोमा सार्वजनिक भएको टीभीएस रोनिन २२५

प्रिमियम विशेषताले भरिपूर्ण छ नाइमा एक्स्पोमा सार्वजनिक भएको टीभीएस रोनिन २२५

नेपालखबर
साउन २५, २०८२ आइतबार १८:२८, काठमाडौँ

टीभीएस मोटरसाइकलको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नाइमा २०२५ मा सार्वजनिक गरेको टीभीएस रोनिन २२५ को २०२५ संस्करण आकर्षक ‘मिडनाइट ब्लु’ रङ्गमा आएको छ।

यो नयाँ संस्करणले प्रिमियम डिजाइन, बहुप्रयोगी प्रदर्शन, र आधुनिक राइडर-केंद्रित सुविधाका कारण मोटरसाइकल प्रेमीहरूको ध्यान तानेको छ।

हल बीको स्टल एल३ए मा प्रदर्शन गरिएको यस मोटरसाइकलले अत्याधुनिक प्रविधि, उत्कृष्ट इन्जिनियरिङ् र बहु प्रदर्शन क्षमताको संयोजन गर्दै सहरभित्रको दैनिक यात्रा देखि एड्भेन्चर यात्रा, दुबैमा उपयुक्त बनाएको छ।

सवारीको हरेक मोडका लागि तयार
यस मोटरसाइकलको मुटुमा रहेको परिष्कृत इन्जिनले स्मुथ टर्क डेलिभरी र थ्रोटलमा उत्कृष्ट रेस्पोन्स दिन्छ।

अर्बन र रेन  राइडिङ मोड बिच सहज रूपमा स्विच गर्न मिल्ने यस मोटरसाइकलले विभिन्न सडक र मौसम अवस्थामै पनि विश्वस्त नियन्त्रण दिन्छ।

प्रिमियम विशेषताहरुमा स्मार्टएक्सोनेक्ट टीएम ब्लुटुथ जडान, स्मार्टफोनसँग सजिलै जोडिने र नेभिगेसन सहायता दिने, ब्रेकिङमा थप सुरक्षाका लागि डुअल-च्यानल एबीएस मोडहरू, राम्रो ह्यान्डलिङ र स्थिरता प्रदान गर्ने अपसाइड डाउन (युएसडी) फ्रन्ट फोर्क, चालकको सुविधाअनुसार मिलाउन सकिने एड्जस्टेबल लिभरहरू, अर्बन र रेन, फरक अवस्थाका लागि अनुकूल विशेष राइडिङ मोडहरू रहेका छन्।

रङमै फरक पहिचान
रोनिन २२५ को मिडनाइट ब्लु रङले यसलाई थप आकर्षक बनाएको छ। स्टाइल र परफर्मेन्सलाई बराबरी महत्त्व दिने राइडरहरूका लागि यो एकदमै उपयुक्त मोटरसाइकल बन्न सक्छ।

प्रारम्भिक मूल्य र विक्रेता प्रतिबद्धता
४ लाख ५९ हजार ९०० रुपैयाँको प्रारम्भिक मूल्यमा उपलब्ध यो नयाँ संस्करणले नेपाली राइडरहरूलाई अन्तर्राष्ट्रिय स्तरको मोटरसाइकल प्रदान गर्ने जगदम्बा मोटर्सको प्रतिबद्धतालाई झल्काउँछ।

कम्पनीको बलियो डिलर सञ्जाल, उत्कृष्ट बिक्री-पछिको सेवा, र ग्राहक-मैत्री नीतिले यसलाई अझ भरोसायोग्य बनाएको छ।

डिजाइन, प्रविधि र मूल्यको सन्तुलनले सुसज्जित टिभीएस रोनिन २२५ २०२५ संस्करणले अबको प्रिमियम मोटरसाइकल बजारमा नयाँ मापदण्ड स्थापित गर्ने तयारी गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad