राजनीति


माओवादीको निष्कर्ष- भिजिट भिसामा गृहमन्त्रीको राजीनामा मागेर संसद् अवरोध गर्नु कमजोरी थियो

माओवादीको निष्कर्ष- भिजिट भिसामा गृहमन्त्रीको राजीनामा मागेर संसद् अवरोध गर्नु कमजोरी थियो

नेपालखबर
साउन २५, २०८२ आइतबार १८:३८, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा छानबिन समितिको माग सही भए पनि गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै संसद् अवरोध गर्नु गलत भएको निष्कर्ष निकालेको छ। 

माओवादी केन्द्रको साउन १६-१९ गतेसम्म बसेको स्थायी समिति बैठकले त्यस्तो कमजोरीले पार्टीप्रति केही भ्रम र नकारात्मकता पैदा गरेको समेत ठहर गरेको छ। 

‘पार्टीले भ्रष्टाचार, कमिशनतन्त्र र अनियितताको बिरुद्ध सुशासनको अभियान चलराइरहेको स्थितिमा भिजिट भिसा प्रकरण सतहमा आयो,’ उक्त बैठकबारे माओवादीले जारी गरेको अन्तर पार्टी निर्देशनमा भनिएको छ, ‘यस सन्दर्भमा भिजिट भिसा प्रकरणमा छानबिनलाई प्राथमिकता दिनु र सदन अवरुद्ध हटाउने निर्णय सही थियो। भिजिट भिसाका सन्दर्भमा पार्टीले बेथिति, अनियमितता र शोषणका मुद्दाहरुलाई गम्भीर रुपमा उठाउँदै उच्चस्तरीय छानबिन, दोषीमाथि कडा कारबाही र यसप्रकारको बेथिति, अनियमितता र शोषण अन्त्यको निम्ति जोडदार ढंगले संघर्ष अघि बढाएर अत्यन्त सही पहल गरेको थियो। तर यस क्रममा सुरुमा गृहमन्त्रीको राजीनामालाई बटम लाइन बनाएर सदन अवरुद्ध गर्ने कमजोरीले पार्टीप्रति केही भ्रम र नकारात्मकता पैदा हुन पुग्यो।’

भिजिट भिसामा गृहमन्त्री लेखकको राजीनामा माग गर्दै रास्वपासहितका विपक्षी दलसँग मिलेर माओवादी केन्द्रले जेठ १३ गतेदेखि संसद् अवरुद्ध गरेको थियो। तर, जेठ १५ गते बजेट पेस गर्न अवरोध खोलेको माओवादीले त्यसपछि सरकारसँग २ बुँदे सहमति गरेको थियो। 

भिजिट भिसा प्रकरणको छानबिन गर्न समिति बनाउने सहमतिपछि माओवादी संसद् अवरोधबाट पछाडि हटेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad