कारोबार


प्रिमियम एसयूभी जेइको जे५ नेपाली बजारमा, बुकिङ प्राइस कति?

प्रिमियम एसयूभी जेइको जे५ नेपाली बजारमा, बुकिङ प्राइस कति?

नेपालखबर
साउन २१, २०८२ बुधबार १३:५१, काठमाडौँ

एसपीजी अटोमोबाइल्स प्रालिले बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नाइमा नेपाल मोबिलिटी एक्सपोमा प्रिमियम एसयूभी ‘जेइको जे-५’ सार्वजनिक गरेको छ। 

कम्पनीले यसअघि नै सार्वजनिक गरिसकेको ओमोडा र जेइको लाइनअपसँगै नयाँ जे-५ ले नेपाली बजारमा नयाँ प्रिमियम एसयूभीहरू ल्याएको छ।

सहरी सडकदेखि अफ-रोड यात्रासम्म सहज बनाउन तयार पारिएको जेइको जे-५ ले उत्कृष्ट डिजाइन, प्रदर्शन र लक्जरीको समिश्रण प्रस्तुत गरेको छ। रेन्ज रोभरबाट प्रेरित डिजाइन, १८५ मिलिमिटरको ग्राउन्ड क्लियरेन्स, १८-इन्च स्पेयर टायर, ४६१ किलोमिटरको ड्राइभिङ रेन्ज र ४८० लिटरको बुट स्पेसजस्ता बेस्ट-इन-क्लास विशेषताहरूले यसलाई नेपाली उपभोक्ताहरूको लागि एक विशेष विकल्प बनाएको छ।

नाइमा एक्सपो विशेष अफरअन्तर्गत कम्पनीले जेइको जे-५ को मूल्य ६०.९९ लाख रुपैयाँ तोके पनि ग्राहकहरूले यसलाई ५६.९९ लाखमा बुकिङ गर्न सक्नेछन्।

त्यसैगरी, कम्पनीले ओमोडा र जेइकोका अन्य मोडेलहरूमा समेत विशेष मूल्यहरू उपलब्ध गराएको छ। यसअनुसार ओमोडा ई५ को नाइमा विशेष मूल्य ५४.९९ लाख (सुरुवाती मूल्य: रु. ६१.९९ लाख) र जेइको जे६ नाइमा विशेष मूल्य – रु. ६५.९९ लाख (सुरुवाती मूल्य: रु. ६१.९९ लाख) राखेको छ। 

नाइमा मोबिलिटी एक्स्पोमा ओमोडा वा जेइकोको कुनै पनि मोडेल बुक गर्ने सबै ग्राहकले विशेष अफर र छुटहरूको फाइदा लिन सक्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad