राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिनुपर्ने बताएका छन्।
बुधबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै झाले नैतिकता गुमाएर पदमा बसिरहन नहुने बताएका हुन्।
मंगलबारमात्रै संघीय निजामती सेवा विधेयकमा कुलिङ अफ पिरियड हटाउन भएको चलखेलको मुख्य जिम्मेवार खतिवडा रहेको निष्कर्ष छानबिन समितिले निकालेर प्रतिवेदन बुझाएको थियो।
‘समितिको प्रतिवेदन अनुसार सभापति दोषी हो। उहाँले नैतिकता देखाउनुपर्दछ,' उनले भने, 'यस्तो काम गरेर नालायकी देखाएर बस्नुभन्दा राजीनामा दिनुपर्दछ भन्ने हाम्रो बुझाइ हो।'
पार्टीको सचिवालय बैठकले पनि नैतिकता गुमाएकोले खतिवडा पदमा बसिराख्न नहुने भन्दै राजीनामा दिनुपर्ने निर्णय गरेको उनले सुनाए।
Shares

प्रतिक्रिया