कारोबार


रिडारा आरडी६ नौ लाख ९९ हजार रुपैयाँ डाउनपेमेन्टमै पाइने

रिडारा आरडी६ नौ लाख ९९ हजार रुपैयाँ डाउनपेमेन्टमै पाइने

नेपालखबर
साउन ११, २०८२ आइतबार १३:२४, काठमाडौँ

सीजी मोटर्सले जिली अटो ग्रुपसँगको सहकार्यमा इलेक्ट्रिक पिकअप रिडारा आरडी६का लागि नयाँ आकर्षक अफर सार्वजनिक गरेको छ।

अब ग्राहकहरूले ९ लाख ९९ हजार डाउनपेमेन्टमै यो अत्याधुनिक ईभी पिकअप आफ्नो बनाउन सक्नेछन्। अफरमार्फत सीजी मोटर्सले विद्युतीय मोबिलिटीलाई अझै पहुँचयोग्य, विश्वासिलो र सुविधा सम्पन्न बनाउने उद्देश्यलाई थप मजबुत बनाएको छ।

रिडारा आरडी६ टुह्विल्डमा ६३ केडब्लुएच क्षमताको ब्याट्री, २०० केडब्लु पावर र ३८५ एनएम टर्क दिने सिंगल इलेक्ट्रिक मोटर जडान गरिएको छ। यसले ३७७ किमिको ड्राइभिङ रेन्ज प्रदान गर्छ। जिलीको म्याप प्लेटफर्ममा आधारित यो पिकअपमा छुट्टै सस्पेन्सन जडान गरिएको छ। यसले नेपाली सडकमा अझै आरामदायी र स्थिर यात्रा सुनिश्चित गर्ने कम्पनीको भनाइ छ।

यसमा १२०० लिटर क्षमताको कार्गो बेड, ७० लिटरको फ्रन्ट ट्रंक, र भीटुएल (भेहिकल टु लोड) प्रविधि जडान गरिएको छ, जसले गाडीमार्फत बाह्य उपकरण चार्ज गर्न सकिने सुविधा दिन्छ। साथै, कम्फर्ट, इकोनोमी, अफरोडजस्ता ३ ड्राइभ मोड, ३६० डिग्री क्यामेरा, म्याट्रिक्स एलईडी हेडलाइट र ६६ प्रतिशत हाई स्ट्रेन्थ स्टिलले बनेको मजबुत बडी यो गाडीका थप विशेषता हुन्।

यस विशेष योजनाअन्तर्गत ग्राहकहरूले आकर्षक क्यासब्याक, निःशुल्क एसेसोरी, ३ लाखसम्मको एक्सचेन्ज टप-अप बोनस पाउनेछन्। सुलभ चार्जिङ र सेवाका लागि सीजी मोटर्सले २६०+ चार्जिङ स्टेसनहरू र २०+ सेवा केन्द्रहरू नेपालको विभिन्न भू-भागमा सञ्चालनमा ल्याएको छ। यसले रिडारा आरडी६ मालिकहरूलाई जहाँ भए पनि सुविधा र पहुँच सुनिश्चित गर्छ।

चीनका अग्रणी अटोमोबाइल कम्पनीमध्ये एक जिलीद्वारा निर्माण गरिएको रिडारा आरडी६ अहिले चीनमै ईभी पिकअप सेग्मेन्टको अगुवा ब्रान्डको रूपमा स्थापित भइसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad