कारोबार


सकियो ‘राइड विथ मेसिलिन’को पहिलो संस्करण

सकियो ‘राइड विथ मेसिलिन’को पहिलो संस्करण

नेपालखबर
असार ९, २०८२ सोमबार १६:१८, काठमाडौँ

टायर ब्रान्ड मेसिलिन द्वारा आयोजित ‘राइड विथ मेसिलिन’ कार्यक्रमको पहिलो संस्करण सफलतापूर्वक सकिएको छ।

मेसिलिन टायरको नेपालका लागि आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स प्रा. लि. को आयोजनामा सम्पन्न उक्त मोटरसाइकल राइड २०८२ असार ६ गते (२०२५ जुन २०), शुक्रबार काठमाडौँबाट सुरु भएको हो।

राइडमा सहभागी राइडर्सहरू सुकुटे पुगेपछि राति त्यहीँ विभिन्न रोमाञ्चक गतिविधिहरू तथा गेमहरूमा सहभागी भएका थिए, भोलिपल्ट शनिबार (असार ७) बिहान काठमाडौँ फर्किएसँगै यो राइड पूर्ण रूपमा सम्पन्न भएको हो।

उक्त राइड काठमाडौंदेखि सुकुटेसम्मको आकर्षक र रमणीय मार्ग हुँदै सम्पन्न भएको थियो। राइडमा ५० वटा रोयल इनफिल्ड मोटरसाइकलहरूको सहभागिता रहेको थियो।

सिप्रदी अटोपार्ट्सका अनुसार, नेपालमा मेसिलिन टायरको ब्रान्ड प्रमोशन तथा विशेषगरी रोयल इनफिल्ड मोटरसाइकलका लागि उपयुक्त टायरको पहिचान गराउनका लागि उक्त कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रमले बाइकप्रेमीहरूमा मेसिलिन टायरप्रति विश्वास र उत्साह बढाउनुका साथै विश्वस्तरीय टायर अनुभव गराउने उद्देश्य राखेको थियो।
कार्यक्रममा जेरो इन्जिनियरिङ मोटरसाइकल राइड पार्टनरको रूपमा सक्रिय सहभागिता जनाएको थियो।

सिप्रदी अटोपार्ट्सले आगामी दिनहरूमा समेत यस्ता राइड तथा प्रमोशनल गतिविधिहरूलाई निरन्तरता दिने बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad