कारोबार


२५८५ बाट फर्कियो नेप्से, अब बढ्ला त बजार?

२५८५ बाट फर्कियो नेप्से, अब बढ्ला त बजार?

नेपालखबर
असार ९, २०८२ सोमबार १६:२३, काठमाडौँ

सेयरबजार परिसूचक नेप्से २५८५ को सपोर्ट पाएर फर्किएको छ। 

सोमबार कारोबार सुरु भएबाटै घटेको नेप्सेले अधिकतम विन्दु २५८५.४५ अंकमा पुग्दा सर्पोट पाएको थियो। 

उक्त सपोर्टले नेप्सेको यात्रा बदलेको हो। सपोर्ट पाएर उकालो यात्रा सुरु गरेको नेप्सेले सोमबार ४.७८ अंकको वृद्धि लियो। यो दिन नेप्से बढाउनमा व्यापार समूह र पर्यटन समूहले महत्वपूर्ण भूमिका खेले। 

व्यापार समूहको सूचक २.२० प्रतिशतले उक्लिँदा नेप्सेलाई बढ्न मद्दत गरेको थियो। योबाहेक पर्यटन समूह, बैंकिङ, लगानी, जलविद्युत्, वित्त र लघुवित्त समूह पनि सामान्य बढ्दा त्यसको प्रभाव समग्र बजारमा देखिएको हो।

लगातार ४ कारोबार दिन घटेको बजारले सोमबार हरियो हुने मौका पाए पनि लगानीकर्ताले भने कारोबारलाई खुम्च्याएका छन्। आइतबार ९ अर्ब १४ करोडको कारोबार गरेका लगानीकर्ताले सोमबार ६ अर्ब ४७ करोडको मात्रै कारोबार गरेका छन्। 

यसमध्ये लगानीकर्ता राधी विद्युतको सेयर सबैभन्दा बढी खरिद गरेका छन्। यो कम्पनीको लगानीकर्ताले ५२ करोड बराबरको सेयर कारोबार गरेका हुन्। 

यता एकल अंकले सूचक बढ्दा नाफा कमाउनेको अग्रपंक्तिमा भने जोशी हाइड्रो र पञ्चकन्या माई हाइड्रो देखिएको छ। 

यी दुवै कम्पनीको सेयर मूल्य क्रमशः ९.९८ प्रतिशत र ९.४२ प्रतिशतले बढेको हो। योबाहेक आज कारोबारमा आएका ३२५ कम्पनीमध्ये १२३ कम्पनीको मूल्य सामान्य बढेको छ। 

घट्नेमा भने आज कारोबारमा आएका १२४ वटा कम्पनी छन् । जसमध्ये गुराँस लघुवित्तको मूल्यमा १० प्रतिशतको ह्राससहित नकारात्मक सर्किट लाग्यो भने पियोर इर्नजीको मूल्य ५.६८ प्रतिशतले घट्न पुग्यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad