कारोबार


दिपल ईभी १३.९९ लाख रुपैयाँ डाउन पेमेन्टमा किन्न सकिने

दिपल ईभी १३.९९ लाख रुपैयाँ डाउन पेमेन्टमा किन्न सकिने

नेपालखबर
चैत १०, २०८१ आइतबार १२:५९, काठमाडौँ

दिपल ईभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले आकर्षक न्युनतम डाउन पेमेन्ट स्किम घोषणा गरेको छ।

‘एसिलेरेट इन्टु द फ्युचर’ नाम दिइएको यो स्किमले स्टाइलिस र टेक्नोलोजिकल्ली एड्भान्स्ड दिपल ईभी खरिद गर्ने प्रक्रियालाई निकै सहज बनाउनेछ।

यो स्किमअन्तर्गत अब दिपलका ईभीहरु मात्र २० प्रतिशत डाउनपेमेन्टमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ। दिपलको प्रिमियम ईभीहरु एल०७ लाई मात्र १३ लाख ९९ हजार रुपैयाँ, एस०७ १४ लाख ९९ हजार रुपैयाँ र एस०७एल मात्र १६ लाख ९९ हजार रुपैयाँ डाउनपेमेन्ट गरी आफ्नो बनाउन सकिनेछ।

यसका अलावा, ग्राहकले फ्लटिंग बेसिसमा ८.९९ प्रतिशत ब्याजदर मा सात वर्षको सवारी कर्जाको उपभोग गर्न पाउने कम्पनीले उल्लेख गरेको छ। ग्राहकले फ्युचरिक दिपललाई आफ्नो बनाउन आफ्नो फाइनान्सिङ पार्टनर एमएडब्लु हायर एन्ड पर्चेजमार्फत मात्र दुई दिनमा सवारीकर्जा पास गर्न व्यवस्था एमएडब्लु वृद्धिले गरेको छ। यो स्किम काठमाडौं नक्सालस्थित मुख्य सोरुम लगायत देशभरका डिलरहरुमा समेत लागू हुन्छ।

यो स्किमलाई अझै आकर्षक बनाउन एमएडब्लु वृद्धिले ग्राहकलाई ७ किलोवाट र ३ किलोवाटको चार्जर, अटो प्लस इन्स्योरेन्स, रोड ट्याक्स र अन्य एसेसोरिजहरु गरी दुई लाख रुपैयाँसम्मको थप सुविधाको पनि व्यवस्था गरेको छ । यो अफर चैत्र ८ गतेदेखि १५ दिनका लागि लागू हुनेछ।

कम्पनीका अनुसार आफ्नो कटिंग एड्ज डिजाइन, फ्युचरिस्टिक टेक्नोलोजी र अतुलानीय ड्राइभिंग एक्सपिरियन्सका कारण नेपालमा सार्वजनिक भएको छोटो समयमै दिपलले आफूलाई स्टाइल र स्टेटस सिम्बोलका रुपमा स्थापित गर्न सफल भएको छ। हालसम्म नेपालमा आठ सयभन्दा बढी दिपल ईभी डेलिभरी भइसकेका छन् । यसको डिजाइन र टेक्नोलोजीबाट ग्राहक निकै सन्तुष्ट छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad