नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले पन्च ईभीको अग्रिम बुकिङ खोलेको छ।
ग्राहकहरुले कम्पनीको आधिकारिक वेबसाइटमार्फत प्रि–बुकिङ्ग गर्न सक्नेछन् भने प्रि–बुकिङ्ग गरिएका गाडीहरु आगामी नाडा अटो सोबाट प्राथमिकताका साथ डेलिभरी सुरु गरिने कम्पनीले जनाएको छ।
उत्कृष्ट एक्ट. ईभी प्योर प्ल्याटफर्म आर्किटेक्चरमा आधारित पहिलो उत्पादन पन्च ईभी अत्याधुनिक प्रविधियुक्त रहेको कम्पनीको भनाइ छ।
‘साथै, पर्यावरणमैत्री एवं खर्चको दृष्टिकोणले किफायती छ। एक विशेष इलेक्ट्रिक एसयूभीमा हुनुपर्ने हरेक गुण पन्च ईभीमा रहेको छ’, कम्पनीले भनेको छ।
पन्चमा १६–इन्च एलआरआर टायर, १९० मिमी ग्राउन्ड क्लियरेन्स, प्रभावशाली एप्रोच, डिपार्चर र र्याम्प–ओभर एंगल्स लगायतका विशेषताहरु छन्। यसका साथै यस गाडीमा ९०–डिग्रीको कोणमा खुल्ने ढोका, ३६६ लिटरको बूट स्पेस, फ्रंकमा १४ लिटरको थप स्पेस छ।
कम्पनीका अनुसार भारतमा टाटा पन्च मासिक रुपमा १८ हजार युनिटभन्दा बढी बिक्री भइरहेको छ।
Shares

प्रतिक्रिया