लामो समयदेखि बलिउड रियल कपल अभिषेक बच्चन र ऐश्वर्या रायको सम्बन्धविच्छेद गरेको खबर चर्चामा छ।
गत जुलाईमा अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाहमा अभिषेक र ऐश्वर्या छुट्टाछुट्टै पुगेका थिए। उनीहरु एक्लै बसेका कारण सम्बन्धविच्छेदको खबर झनै फैलिएको थियो।
यसैबीच, अभिनेताको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। जसमा उनले आफूहरुको छिट्टै सम्बन्धविच्छेद भइरहेको बताएका छन्।
यद्यपि यो एआई जेनेरेट गरिएको डीपफेक भिडिओ भएको बताइएको छ। सामाजिक सञ्जालमा डिपफेक भिडियो भाइरल भएपछि अभिषेकले सम्बन्धविच्छेदको खबरमा मुख खोलेका छन्।
हालै बलिउड युके मिडियालाई दिएको अन्तर्वार्तामा अभिषेक बच्चनसँग सम्बन्धविच्छेदबारे प्रश्न सोधिएको थियो। जवाफमा अभिषेकले हातमा लगाएको आफ्नो विवाहको औँठी देखाउँदै भने, ‘म अझै विवाहित छु।’
साथै उनले यसबारेमा आफूलाई धेरै केही भन्न आवश्यक नरहेको समेत सुनाएँ। ‘मैले तपाईहरु सबैलाई भन्नु केही छैन। तपाईं सबैले यो मुद्दा बढाइचढाइ गर्नुभयो। मैले बुझेँ किन तपाईंले यो गर्नुभयो। तपाईंले एउटा कथा फाइल गर्नुपर्छ। यो ठीक छ, हामी सेलिब्रेटीहरू हौँ, हामीले यसलाई सहन गर्नुपर्छ,’उनले भने।
अभिषेक बच्चन र ऐश्वर्या रायको विवाह सन् २००७ मा भएको थियो। दुबैको एक छोरी आराध्या छिन्।
Shares

प्रतिक्रिया