ad ad

कारोबार


सीजी मोटर्सले गर्‍यो हिरो सुपर स्प्लेन्डरको माइलेज च्यालेन्ज क्याम्प

सीजी मोटर्सले गर्‍यो हिरो सुपर स्प्लेन्डरको माइलेज च्यालेन्ज क्याम्प

नेपालखबर
असार २८, २०८१ शुक्रबार १७:४२, काठमाडौँ

नेपालमा हिरो मोटरसाइकल र स्कुटरको एकमात्र वितरक सीजी मोटर्सले विभिन्न डिलरसिपहरूमा माइलेज च्यालेन्ज क्याम्प सञ्चालन गरेको छ। 

क्याम्पमा सुपर स्प्लेन्डर १२५ ले ग्राहकहरूको अपेक्षालाई पार गर्दै लगभग ९०+ केएमपीएल माइलेज विजेताहरुले हासिल गरेको कम्पनीले जनाएको छ। 

हिरो मोटो कर्पका अध्यक्ष डा. बृजमोहन लाल मुञ्जालको १०० औँ जन्मजयन्तीमा यो क्याम्प आयोजना गरिएको कम्पनीको भनाइ छ। 

सीजी हिरो नेपालगन्जबाट विजेता भएका जगदीश चौधरीले ९७.५४ किलोमिटर, कावासोतीबाट विजेता भएका टिकाराम कँडेलले ९०.२७ किलोमिटर प्रतिलिटर, विराटनगरबाट विजेता भएका उपेन्द्र मुखियाले ८८.७८ किलोमिटर प्रतिलिटर र बुटवलबाट विजेता भएका कमल पन्थीले ९०.३२ किलोमिटर प्रतिलिटर माइलेज पाएको कम्पनीले दाबी गरेको छ। 

माइलेज च्यालेन्जमा सहभागीहरूले उनीहरूको सुपर स्प्लेन्डर १२५ ले हासिल गरेको प्रभावशाली माइलेजको तथ्याङ्कलाई प्रमाणित गर्नको लागि सुरु र अन्त्य बिन्दुहरू, इन्धन खपत र यात्रा गरेको दूरीलगायत आफ्नो यात्राहरू ट्राक गर्नुपर्ने बताइएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .