बढ्दो ट्राफिक, प्रदूषण र अस्तव्यस्त पूर्वाधारले गाँजिरहेका सहरमा रेलबसले यातायातको भरपर्दो र प्रभावकारी समाधान खोज्ने भएको छ।
यसका लागि दुबई अन्तर्राष्ट्रिय परियोजना व्यवस्थापन मञ्चको एक अंगका रुपमा गत जनवरीमा रेलबसले दुबईको सडक तथा यातायात प्राधिकरण (आरटीए)सँग समझदारी पत्रमा हस्ताक्षर गरेको थियो।
कम्पनीले समझदारीपत्रमा हस्ताक्षरसँगै भएको यो साझेदारीलाई कोशेढुंगा भनेको छ।
उक्त कम्पनीले वातावरणमैत्री यातायात प्रणालीमार्फत सहरी यातायातमा क्रान्ति ल्याउने महत्त्वाकांक्षी योजना ल्याएको हो।
के के छन् त यसका विशेषता?
शून्य उत्सर्जन : सौर्यशक्तिको शक्ति
कम्पनीको मुख्य विशेषता भनेको शून्य कार्बन उत्सर्जनप्रतिको प्रतिबद्धता हो।
यसका पूरै प्रणाली शतप्रतिशत सौर्यशक्तिमा आधारित हुनेछन्। यसका लागि सवारीसाधनमा उन्नतखाले सौर्य प्यानल र पूर्वाधार राखिनेछन्।
यसले हरितगृह ग्यास उत्सर्जनमात्र नरोकी दिगो र कम लागतको दीर्घकालीन समाधान समेत खोज्नेछ।
शान्त : ध्वनिप्रदूषण घटाउने इन्जिनियरिङ
अहिले धेरैजसो सहरहरुमा ध्वनिप्रदूषण बढिरहेकोले मानिसहरुको जीवनमै असर गरिरहेको छ र यसप्रति चिन्ता र चासो पनि बढिरहेको छ।
रेलबसले यो समस्याको पनि डिजाइन र सामान छनोटमार्फत समाधान खोज्ने बताएको छ।
यसका कम तौलका संरचना र ह्विल्स र ट्राक्सका लागि विशिष्टीकृत वस्तुहरुसँगै रेलबसले कम ध्वनिप्रदातृ सवारीसाधनहरु उत्पादन गर्नेछ।
हरितजीवनलाई आत्मसात्
रेलबसका इन्टेरियर समेत वातावरणमैत्री हुनेछन्। हरेक पुर्जाको डिजाइन पुनर्प्रयोज्य वस्तुको प्रयोगद्वारा गरिएको छ जसले रेलबसका हरेक पक्षलाई दिगोपनाको लक्ष्यसँग संयोजन गरेको छ।
यात्रुहरुले समेत आरामदायी यात्रा गर्नसक्नेछन्।
भविष्य हरियो र पर्याप्त छ
सहरी भविष्य नै अब वातावरणमैत्री, पर्याप्त, ठूलो यातायात प्रणालीसँग जोडिएको छ।
रेलबसले यसको समाधानस्वरुप उच्च प्रतिबद्धता व्यक्त गरेको छ। यसको लक्ष्य नै रुपान्तरणकारी छ जसले सहरी यातायातमा क्रान्ति ल्याउने देखिन्छ।
शून्य उत्सर्जन, ध्वनि घटाउने र दिगोपनामा केन्द्रित हुँदै रेलबसले सार्वजनिक यातायातका लागि नयाँ मानक बनाउँदै छ।
विकासको गति बढिरहँदा यो क्रान्तिकारी प्रणालीले वातावरण र गुणस्तरीय सहरी जीवनमा एउटा महत्त्वपूर्ण सकारात्मक छाप छाड्न सक्छ।
वर्ल्ड ट्रिब्युनबाट भावानुदित
Shares
प्रतिक्रिया