कारोबार


युरोपमा डिजेलभन्दा विद्युतीय गाडीको माग बढी, ३७ प्रतिशतले बढ्यो बिक्री

युरोपमा डिजेलभन्दा विद्युतीय गाडीको माग बढी, ३७ प्रतिशतले बढ्यो बिक्री

फाइल तस्बिर


एएफपी/रासस
माघ ४, २०८० बिहिबार १६:२७, काठमाडौँ

सन् २०२३ मा युरोमा नयाँ मोडेलका कारको बिक्रीमा १३.९ प्रतिशतले वृद्धि भएको छ भने विद्युतीय सवारी साधनले पहिलो पटक डिजेललाई उछिनेको ‘युरोपियन अटोमोबाइल म्यानुफ्याक्चरर्स एसोसिएसन’ ले बिहीबार जनाएको छ ।

एसोसिएसनका अनुसार सन् २०२३ मा विद्युतीय कारको बिक्री अघिल्लो वर्षको तुलनामा ३७ प्रतिशतले बढेको छ भने नयाँ कारको कुल बिक्रीमा १४.६ प्रतिशतले वृद्धि भएको छ ।

यो आँकडा सन् २०२२ को तुलनामा कुल बिक्रीमा निकै कमी हो । गत वर्ष नयाँ सवारी दर्ता सन् १९९३ यताकै सबैभन्दा न्यून स्तरमा झरेको थियो । सन् २०२२ को तुलनामा फ्रान्स, इटाली र स्पेनमा बिक्रीमा दोहोरो अङ्कको वृद्धि भएको छ ।

कार कम्पनीहरूले जीवाश्म इन्धन जलेर चल्ने इन्जिन गाडीहरूको बिक्री चरणबद्ध रूपमा समाप्त गर्न युरोपेली युनियनले २०३५ को समयसीमा तोकेको छ।

गत वर्ष हाइब्रिड कारको बिक्री पनि करिब ३० प्रतिशतले बढेको थियो ।

यद्यपि, पेट्रोल कारहरू अझै पनि नयाँ वाहन बजारको एक ठूलो हिस्सा रहेको छ । पेट्रोल कारको बजारले गत बर्ष युरोभरको बिक्रीको ३५.३ प्रतिशत अर्थात् ३७ लाख कारहरूको विक्रीको प्रतिनिधित्व गरेको थियो।

फक्सवागनले सन् २०२३ मा अघिल्लो वर्षको तुलनामा १८ प्रतिशत बढी अर्थात् २८ लाख नयाँ कार बिक्री गरेको उक्त कम्पनीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .