कारोबार


‘नेटा भी’को मेगा एक्सचेन्ज क्याम्प, २० वर्ष पुगेका गाडीसँग साट्न सकिने

‘नेटा भी’को मेगा एक्सचेन्ज क्याम्प, २० वर्ष पुगेका गाडीसँग साट्न सकिने

नेपालखबर
पुस २५, २०८० बुधबार १३:२२, काठमाडौँ

सीजी मोटर्स प्रालिले विद्युतीय सवारी साधन नेटा भीको बजार प्रवर्द्धनका लागि मेगा एक्सचेन्ज क्याम्पको आयोजना गरेको छ।

हाललाई काठमाडौं उपत्यका लक्षित गरी आयोजना गरिएको क्याम्पमा पुराना तथा २० वर्ष पुगिसकेका सवारीसाधन समेत नयाँ नेटा भीसँग एक्सचेन्ज गर्न सकिने कम्पनीले जनाएको छ। 

पुराना सवारीसाधनको न्यूनतम मूल्यांकन ४ लाखको रहने समेत कम्पनीले जनाएको छ। 

स्विच टु द प्योर इभी नारा दिइएको यस एक्सचेन्ज क्याम्पको मुख्य उद्देश्य नेटा भीको प्रवर्द्धन गर्नु मात्र नभई पुराना प्रदूषण गरिरहेका सवारी साधनको व्यवस्थापन समेत रहेको कम्पनीले उल्लेख गरेको छ। 

कम्पनीका अनुसार यो मेगा एक्सचेन्ज क्याम्प छोटो समयका लागि ल्याइएको हो। 

नेटा भी गाडीमा ८ वर्ष वा १ लाख ५० हजार किमिको वारेन्टी छ। यसमा रहेको हेप्ट २.० प्रविधिले ब्याट्रीलाई तात्न वा बढी चिसो हुन दिँदैन।

नेटा भी हाल नयाँ ५० कि. वा. को एलएफपी ब्याट्रीसहित शोरुमहरुमा उपलब्ध छ। एलएफपी ब्याट्री हाल उपलब्ध ब्याट्रीहरुमध्ये सबैभन्दा सुरक्षित तथा लामो आयुको मानिने कम्पनीको भनाइ छ। 

‘नयाँ ब्याट्रीले गर्दा नेटा भी अब सबैभन्दा सुरक्षित ब्याट्रीयुक्त तथा उही ३८० किमिको लामो रेन्जसहितको नेपालमै सबैभन्दा सुलभ विद्युतीय सवारीसाधन भएको छ’, कम्पनीले भनेको छ, ‘यसका साथै यो ब्याट्रिले २०२४ को अटोबेस्ट अवार्ड समेत प्राप्त गरेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .