नेपालमा टोयोटाको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्सले एक वर्षमा साढे ७ अर्बका गाडी बिक्री गरेको छ।
सुरज वैद्यको कम्पनीले गत आर्थिक वर्षमा ७ अर्ब ६१ करोड रुपैयाँका गाडी बिक्री गरेको हो।
चालू आर्थिक वर्षको पहिलो ६ महिनामा भने कम्पनीको आम्दानी ह्वात्तै घटेको छ।
सरकारले गाडी आयातमा लगाएको प्रतिबन्ध युनाइटेड ट्रेडर्सको आम्दानीमा देखिएको छ। कम्पनीले पुससम्म १ अर्ब ८६ करोड रुपैयाँ बराबरका गाडी मात्रै बिक्री गरेको छ।
त्यसअघि आर्थिक वर्ष २०७७/०७८ मा कम्पनीले ४ अर्ब ८६ करोड रुपैयाँ आम्दानी गरेको थियो।
सन् १९७१ मा विजय वैद्यले स्थापना गरेको कम्पनीले टोयोटाका गाडी, स्पेयर पार्ट्स र सर्भिस दिँदै आएको छ। कम्पनीमा सुरज वैद्यको ६० प्रतिशत, ऋतु सिंहको ३० र सुसन वैद्यको १० प्रतिशत सेयर स्वामित्व छ।
बैशाख १४, २०८०, बिहीबार
42
Shares
प्रतिक्रिया