कारोबार


सीजी मोटर्सका गाडी किन्न प्रभु बैंकले सहज कर्जा उपलब्ध गराउने

सीजी मोटर्सका गाडी किन्न प्रभु बैंकले सहज कर्जा उपलब्ध गराउने

नेपालखबर
चैत ५ , काठमाडौँ

नेटा भी र सीजी केवाईसी भी५ इलेक्ट्रिक भ्यानको नेपालका लागि आधिकारिक विक्रेता   सीजी मोटर्स प्रा. लि.ले बिक्री गर्दै आएको गाडीमा प्रभु बैंकले कर्जा दिने भएको छ । 

बैंक र सीजी मोटर्सबीच भएको सम्झौता अनुसार अब नेटा भी र सीजी केवाईसी भी५ इलेक्ट्रिक भ्यान गाडी खरिद गर्ने ग्राहकहरुले प्रभु बैंकबाट सहजै कर्जा लिन सक्नेछन् ।

दुई संस्था बीच भएको सम्झौता पत्रमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत श्री मणिराम पोखरेल तथा ग्राहक कर्जा प्रमुख वीरेन्द्र भट्ट र सीजी मोटर्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवालले हस्ताक्षर गरेका हुन् ।

सम्झौतापछि गाडी खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा ८० प्रतिशतसम्म सवारी साधन कर्जा उपलब्ध गराउने जारी विज्ञप्तीमा उल्लेख छ । 

गाडी खरिद गर्न चाहने ग्राहकहरूलाई सुलभ र सहज वित्तीय सेवाहरू प्रदान गर्न लक्ष्य राखेको छ । सम्झौता अनुसार, प्रभु बैंकका सबै शाखाहरूबाट ग्राहकहरूलाई गाडीको लागि ७ वर्ष अवधिसम्मको लागि सुलभ ऋण सुविधाहरू सजिलोसँग उपलब्ध हुनेछ । अर्थात् मात्र २० प्रतिशतको डाउन पेमेन्टमा नेटा भीको मालिक बन्न सकिनेछ ।

हाल प्रभु बैंकको देशभर रहेका सम्पूर्ण शाखाबाट नै कर्जा सुबिधा ग्राहकले लिन सक्नेछन् । ऋणलाई नेपाल राष्ट्र बैंकको सम्बन्धित निर्देशिका र निर्देशनहरूसँग समायोजन गरिएको छ । यो योजना सीजी मोटर्स प्रा. लि. को आधिकारिक ब्रिक्रेता र प्रभु बैंकका सबै शाखाहरुबाट नेपाल भरी लागु हुनेछ।

चैत ५, २०७९, आइतबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.