ad ad

कारोबार


भारतको नोयडामा अटो एक्स्पो सम्पन्न, नेपाली अटो व्यवसायीको अवलोकन भ्रमण

भारतको नोयडामा अटो एक्स्पो सम्पन्न, नेपाली अटो व्यवसायीको अवलोकन भ्रमण

नेपालखबर
माघ ४, २०७९ बुधबार १६:२४, काठमाडौँ

भारतको इन्डिया एक्स्पो मार्ट, ग्रेटर नोइडा, दिल्लीमा पुस २९ देखि सुरु भएको १६औँ अटो एक्स्पो २०२३ आज  समापन भएको छ। 

उक्त एक्स्पोमा नेपाली अटो व्यवसायी पनि अवलोकनमा सहभागी भएका थिए। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको नाडा प्रतिनिधि मण्डलले प्रदर्शनीको अवलोकन भ्रमण गरेको हो। 

नाडाका केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुसहित १ सय ५० भन्दा बढी सदस्यहरुले उक्त प्रदर्शनीको अवलोकन गरेका थिए। 

सो प्रदर्शनीको प्रमुख आयोजक सोसाइटी अफ इण्डियन मेनुफेकचरिङ एसोसिएसनले शोका दौडान पहिलो पटक पुस ३० गते आयोजना गरेको अटो ट्रेड डायलगमा नाडाका अध्यक्ष थापाले नेपालको अटोमोबाइल क्षेत्रको चुनौती र समस्याहरुका बारेमा आफनो धारणा राखेका थिए। नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले नेपाली अटो बजार र नीतिगत अवस्थाबारे विशेष प्रस्तुति दिएका थिए। 

त्यसैगरी सो डाइलग कार्यक्रममा सिलोन मोटर टे«डर्स एसोसिएसनका सभापति चराका पिरेरा, बंगलादेश अटोमोबाइल एसेम्बलर एण्ड मेनुफेक्चरिङ्ग एसोसिएसनका अध्यक्ष अब्दुल मतलुब अहमदले समेत आफनो देशको अटोमोवाइल व्यवसायका चुनौतिहरु बारे चर्चा गरेका थिए। 

सो डाइलगको सेसन मोडरेटर सियामका स्ट्र«याटिजी ब्राण्ड एण्ड कम्मुनिकेशन, भीई कमर्सियल भेहिकल्सका सिनियर भाइस प्रेसिडेण्ट भगवान विण्डीगनाभीले गरेका थिए। सो डाइलगमा नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रती, कोषाध्यक्ष मिलनबाबु मल्ल, केन्द्रीय कार्यसमिति सदस्यद्वय प्रकाश कपुरी, आकाश गोल्छा तथा यमुना श्रेष्ठ समेतको उपस्थिति रहेको थियो। 

त्यसैगरी सियामले पुस २८ गते सोही स्थानमा पहिलो पटक आयोजना गरेको ईभी डिस्कसन कार्यक्रममा नाडाका तर्फबाट उपाध्यक्ष राजनबाबु श्रेष्ठ, केन्द्रीय कार्य समिति सदस्यद्धय आकाश गोल्छा तथा यमुना श्रेष्ठ सहभागी भएका थिए। सियामले नाडा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई सो डायलग र डिस्कसन कार्यक्रमहरुमा सहभागी भई आफ्नो धारणाहरु राखिदिन निमन्त्रणा समेत गरेको थियो ।

यसैक्रममा अटोमोटिभ कम्पोनेण्ट मेनुफेक्चर्स एसोसिएसनले पुस २७ देखि माघ १ गतेसम्म दिल्लीको प्रगति मैदानमा आयोजना गरेको १६ औं अटो एक्सपो (कम्पोनेण्टमा) पनि नाडा केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यहरु लगायत नाडाका सदस्य कम्पनीहरुले उल्लेख्य मात्रमा अवलोकन भ्रमण गरेका थिए। 

यसबाट नाडाको सियाम र एक्मा विचको पारस्परिक सम्बन्ध थप मजबुत भएको नाडाले जनाएको छ। नाडाले पनि हरेक वर्षको दशैँअगाडि भृकुटीमण्डपमा नाडा अटो शो सम्पन्न गर्दै आएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .