सन् १९५५ तिरको एउटा मर्सिडिज बेन्ज कार बोलकबोलका आधारमा बिक्री भएको छ।
यही महिनाको सुरुतिर भएको अक्सन (बोलकबोल)मा उक्त कार १४ करोड ३० लाख डलरमा बिक्री भएको हो।
उक्त मूल्यमा बिक्री हुँदा उक्त कार विश्वकै महंगो कार बनेको आरएम सोथबीले बिहीबार जनाएको एससीएमपीले जनाएको छ।
बिक्री भएको मर्सिडिज बेन्ज ३०० एसएलआर उलेनहट हो। एक निजी कार संकलकले उक्त कार किनेको बताइएको छ। यसले अक्सनमा यसअघि भएका बिक्रीको सबै कीर्तिमान तोडेको छ।
यसअघि सन् २०१८ मा १९६२ फेरारी २५० जीटीओ चार करोड ८० लाख अमेरिकी डलरमा बिक्री भएको थियो। अहिले भएको बिक्री त्यसको तेब्बरले बढी हो।
108
Shares

प्रतिक्रिया