कारोबार


राष्ट्र बैंकका तीन विभाग स्थानान्तरण, कुन कहाँ?

राष्ट्र बैंकका तीन विभाग स्थानान्तरण, कुन कहाँ?

नेपालखबर
असोज २७, २०७६ सोमबार ६:५३,

नेपाल राष्ट्र बैंकले तीनवटा विभागहरु स्थानान्तरण गरेको छ। राष्ट्र बैंकको केन्द्रीय कार्यालयको भवन निर्माणको सिलसिलामा विभागहरु स्थानान्तरण गरिएको सूचनामार्फत राष्ट्र बैंकले जनाएको छ।

यसअनुसार अनुसन्धान विभाग, विकास बैंक सुपरिवेक्षण विभाग र वित्त कम्पनी सुपरिवेक्षण विभाग स्थानान्तरण गरिएका छन्। यसअघि ललितपुरको पुल्चोकमा रहेको राष्ट्रिय सहकारी विकास बोर्डको अनुसन्धान विभाग काठमाडौंको बालुवाटारमा रहेको गैरआवासीय नेपाली संघको भवनमा सरेको छ।

त्यस्तै, बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालय परिसरमा रहेको विकास बैंक सुपरिवेक्षण विभाग राष्ट्रिय सहकारी विकास बोर्ड पुल्चोक ललितपुरमा सरेको छ। त्यस्तै, बैंकको केन्द्रीय कार्यालय परिसर बालुवाटारमा रहेको वित्त कम्पनी सुपरिवेक्षण विभाग पनि गैरआवासीय नेपाली संघको भवन बालुवाटारमा सरेको राष्ट्र बैंकको सामान्य सेवा विभागले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad