नेपाल राष्ट्र बैंकले आज १० अर्ब २५ करोडको ट्रेजरी बिक्रीका लागि बोलकबोल गर्ने भएको छ। राष्ट्र बैंकका अनुसार अपराह्न ३ बजे ८ अर्बको ९१ दिने र २ अर्ब २५ करोडको १ सय ८२ दिने ट्रेजरी बिल बिक्रीको लागि बोलकबोल हुनलागेको हो।
ट्रेजरी मंगलबार जारी हुनेछ। राष्ट्र बैंकको सार्वजनिक ऋण व्यवस्थापन विभाग थापाथलीले जारी गर्नलागेको हो। विभागले यसअघि पनि गत १६ गते १ अर्ब ९९ करोडको ट्रेजरी बिक्री गरेको थियो।
ट्रेजरी खरिदका लागि अनलाइनमार्फत बोलपत्र पेस गर्नुपर्नेछ। यसमा बैंक तथा वित्तीय संस्था सहभागी हुन पाउनेछन्।

प्रतिक्रिया