कारोबार


कैलालीका हुरीपीडितलाई एनआरएनएको पाँच लाख राहत

कैलालीका हुरीपीडितलाई एनआरएनएको पाँच लाख राहत

नेपालखबर
असार ४, २०७६ बुधबार ६:३२,

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले कैलालीका हुरीपीडितलाई मंगलबार तात्कालिक राहतस्वरूप पाँच लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ।

सहयोग रकम काठमाडौंस्थितको केन्द्रीय कार्यालयमार्फत राष्ट्रिय वाणिज्य बैंकमा रहेको धनगढी उपमहानगरपालिकाको खातामा जम्मा गरिएको संघले जनाएको छ।

गत हप्ता कैलाली कञ्चनपुरमा आएको विनाशकारी हुरीबाट सबैभन्दा प्रभावित धनगढी क्षेत्रका खास पीडितलाई सहयोगका लागि उपमहानगरपालिकाले गरेको अनुरोधका आधारमा तात्कालिक राहतस्वरूप सो रकम पठाइएको संघका कोषाध्यक्ष हिक्मत थापाले बताए। थापाका अनुसार संघले थप राहत सहयोग जुटाउन आफ्ना सबै शाखाहरूलाई अनुरोध गरिसकेको छ।

धनगढी उपमहानगरपालिकाका मेयर नृप ओडले पीडितका लागि सहयोग पठाएकोमा आभार व्यक्त गर्दै रकम वास्तविक पीडितसम्म पुग्ने प्रतिबद्धता जनाएको थापाले बताए।

गत बिहीबार साँझ आएको भीषण हावाहुरीका कारण कैलालीमा दुई जनाको मृत्यु भएको थियो भने सयजनाभन्दा बढी घाइते भएका थिए । हुरीले मुक्त कमैया, गरिब–विपन्न दर्जनौं परिवारको घरको क्षति भएको थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad