कारोबार


एनर्जाइजरको पावर बैंक नेपाली बजारमा

एनर्जाइजरको पावर बैंक नेपाली बजारमा

नेपालखबर
असोज १४, २०७६ मंगलबार ७:२०,

नेपालमा एनर्जाइजर पावर बैंकहरुको लागि एक मात्र आधिकारिक वितरक आईएमएस ग्रुपले कम्पनीका उत्पादनको बिक्रीवितरण गर्ने भएको छ।

एनर्जाइजर, ब्याट्री, पोर्टेबल ब्याट्री, पोर्टेबल फ्ल्यास लाइटहरु र लालटिनको उत्पादन गर्ने विश्वको ठूलो निर्माता हो। एनर्जाइजरले निरन्तररुपमा टेक्नोलोजी नवप्रवर्तक भई पावर बैंक र वायरलेस चार्जिङ्गको उत्पादन गर्दै आएको छ।

यसले मानिसको आज र भोलीको जीवन सरल पारेको छ । एनर्जाइजरसँग शक्तिशाली र पोर्टेवल दायराका पावर बैंकहरु छन्। जसले तपाईंको एन्ड्रोइड वा एप्पल स्मार्टफोन र अन्य विद्युतिय उपकरणहरु तुरुन्त चार्ज गर्नेछ।

हाल कम्पनीले एनर्जाइजरको उत्पादनहरू स्मार्टडोकोमार्फत उपलब्ध गराएको छ, जुन नेपालका अग्रणी अनलाइन मेगास्टोरहरूमध्ये एक हो र चाँडै नै देशभर मोबाइल फोन आउटलेटहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

आईएमएस ग्रुपका अध्यक्ष तथा सीईओ दिकेश मल्होत्राले नेपालमा अन्तर्राष्ट्रिय ब्राण्ड एनर्जाइजरको वितरक हुन पाउँदा अत्यन्तै खुसी र गर्व महशुस भएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad